एजेन्सी- मानिसहरु घरमा श्रीमती भएर पनि बाह्य सम्बन्धमा हुन्छन्। यसले परिवारलाई भाड्ने काम गर्दछ । बाह्य महिलासँग श्रीमानको सम्बन्धबारे थाहा पाउँदा श्रीमतीहरु रिसाउँछन्। सामाजिक रुपमा यस कार्य स्वीकार्यसमेत छैन ।
तर, थाइल्यान्डकी ३२ वर्षीया वारिसारा पोक्रिचान आफ्ना श्रीमानका कान्छी श्रीमतीसँग मिलेर बसेकी छन्। उनीहरु दुवै साथीजस्तै छन् । ४२ वर्षीय मानोप नुटायोथिनले १० वर्ष अगाडि पोक्रिचानलाई दोस्रो श्रीमतीको रुपमा विवाह गरेका थिए। मानोपको पहिलो श्रीमतीको मृत्यु भएको थियो।

तर मानोप बाह्य महिलासँगको प्रेममा परे। बाह्य सम्बन्धकाबारेमा थाहा पाउँदा पोक्रिचान रिसाइनन् । उनले आफ्ना श्रीमानका पे्रमीका २६ वर्षीया नाटया टोङपानलाई घरमा स्वागत् गरिन्। मानोप र नाटयाले पोक्रिचानकै सहयोगमा विवाह गरे। यतिबेला दुवै श्रीमतीको साथमा मानोप एकै घरमा बस्दै आएका छन्। उनीहरु निकै खुशी छन्। तीनै जना मिलेर काम गर्छन्। घर खर्च जुटाउँछन् ।

मानोप कार व्यापारी हुन्। दुवै श्रीमती कार व्यापारमा मोडलका रुपमासमेत काम गर्छन् । मानोप परिवारको ९ सन्तान छ। पहिलो श्रीमतीबाट ३ सन्तान, पोक्रिचानबाट ३ सन्तान र नाटयाबाट ३ सन्तान छ। उनीहरु सबै मिलेर ९ सन्तानको हेरचाह गरिरहेका छन् ।
थाइल्यान्डमा एक श्रीमान र दुई श्रीमती सँगै खुशीका साथ बसेका छन् भन्नेबारे सार्वजनिक भएपछि उनीहरुलाई टेलिभिजन कार्यक्रममा आनन्त्रितसमेत गरिएको थियो। उनीहरुले त्यहाँ भनेका थिए,‘प्रेम र विश्वास भए सबै सँगै मिलेर बस्न सकिन्छ।’

सम्बन्धित खबर
कुलमानलाई स्पष्टीकरण सोध्ने मन्त्रिपरिषदकाे निर्णय
सरकारले ल्याएका पाँच अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
यो पनि पढौँ
पोखरामा रेस्टुरेन्टमा खाएर डिएसपी हूँ भन्दै पैसा नतिर्ने बाग्लुङका पौडेल पक्राउ
कश्मीरमा मारिएका नेपालीको पहिचान खुल्यो, बुटवलका २७ वर्षीय सुदीप न्यौपाने
पोखराको फिर्के पुल निर्माण ठेक्का तोड्यो सडक विभागले
वैशाख ११ गतेदेखि नियमित कक्षा सञ्चालन गर्न पोखरा महानगरको अनुराेध