रवीन्द्र मिश्रले भने–मार्ने, काट्ने लुट्नेहरुले नै हिंसाको विरोध गर्ने ?

रवीन्द्र मिश्रले भने–मार्ने, काट्ने लुट्नेहरुले नै हिंसाको विरोध गर्ने ?

Rabindra-Mishra

काठमाडौं– साझा विवेकशील पार्टीका संयोजक रवीन्द्र मिश्रले जनयुद्धको नाममा जसले मारे, काटे, रेटे, गिँडे, लुटे उनले हिंसाको विरोध गरेको भन्दै आलोचना गरेका छन् ।

हजारौँको घरपरिवार विचल्ली पार्ने र त्यसैको आधारमा अहिले शानको जीवन विताइरहेका तत्कालीन माओवादीका नेतारूले नै सज्जन बनेर हिंसाको निन्दा गरिरहेको उनको भनाई छ ।

सामाजिक सञ्जालमार्फत उनले लोकतन्त्र हुँदाहुँदै हिंसाको राजनीति गर्ने र त्यसलाई संस्थागत गर्नेहरूबाट देशको भलो कहिल्यै नहुने पनि बताएका छन् ।

उनले लेखेका छन्  जसले मारे, काटे, रेटे, गिँडे, लुटे, हजारौँको घर-परिवार विचल्ली पारे र त्यसैको आधारमा अहिले शानको जीवन विताइरहेका छन्, उनीहरूले नै सज्जन बनेर हिंसाको निन्दा गरिरहेका छन्। लोकतन्त्र हुँदाहुँदै हिंसाको राजनीति गर्ने र त्यसलाई संस्थागत गर्नेहरूबाट देशको भलो कहिल्यै हुँदैन।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds