दिल्ली प्रहरीले १० घन्टासम्म पहरा दियो मरेको मुसालाई !

दिल्ली प्रहरीले १० घन्टासम्म पहरा दियो मरेको मुसालाई !

rat

एजेन्सी  – भारतको राजधानी दिल्लीस्थित गोविन्दपुरीमा शनिवार मध्यरात प्रहरीलाई एउटा कल आयो । कल गर्नेले भन्यो, ‘धेरै दिनदेखि भुइँतल्लाको एउटा बन्द कोठाबाट चर्को दुर्गन्ध आइरहेको छ । डेरावाल पनि गायब छ । बाहिरबाट ताल्चा लागेको छ ।’ यो खबर पाउनेबित्तिकै १० मिनेटभित्र प्रहरी घटनास्थलमा पुग्यो ।

छिमेकीहरूबाट नम्बर पत्ता लगाएर प्रहरीले घरबेटीलाई फोन गर्‍यो । फोन स्विच अफ थियो । त्यसपछि प्रहरीले हत्याको आशंका गर्‍यो । अनि घरबेटी र डेरावालको खोजी प्रहरीले गर्न थाल्यो । रातभरि चार प्रहरीले घरबाहिर पहरा दिए । आरोपितहरूमाथि नजर राख्न र कसैलाई पनि भित्रबाट लाश लिएर कोही नजाओस् भन्न प्रहरी खटाइयो ।

बिहानसम्म घरबेटीको प्रतीक्षा गरियो । ऊ नआएमा सबैका अगाडि ताल्चा फुटाउन तयारी गरियो । प्रहरीले १० घन्टासम्म कोठाको घेराबन्दी गर्दा पूरै इलाकामा हल्लाखल्ला मच्चियो । त्यसपछिको दृश्यले चाहिँ सबैलाई हँसायो ।

प्रहरीले फोरेन्सिक टीम बोलायो । बिहान ८ बजेतिर घरबेटी सम्पर्कमा आए । उसले डेरावालले डेरा छोडिसकेको बतायो । उसले ताल्चा खोलेपछि प्रहरीको टोली भित्र पस्यो । छानबिन गर्दा त एउटा मोटो मुसा मरिरहेको   भेटियो ।

मुसोको लाश सडिसकेको थियो । प्रहरीले मानिसको हत्या नभएको देखेर राहत मान्दा मानिसहरू चाहिँ हाँस्न थाले । दश घन्टासम्म प्रहरीको समय बर्बाद भएपछि उसले घरबेटीलाई कोठा सफा गर्न निर्देशन दियो र त्यहाँबाट गयो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds