विराटनगर–नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक दुई वटा बम विस्फोट हुँदैमा राजनीतिक स्थिरता छैन भनेर सोच्न नहुने बताएका छन् । सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले बम आतंक फैलाएर मात्रै राजनीतिक उद्देश्य प्राप्त नहुने बताएका हुन् ।
‘अहिले राजनीति रुपले स्थिरता आएकै छ । एक दुईवटा बम विष्फोट हुँदैमा राजनीतिक स्थिरता छैन भनेर सोच्नु हुँदैन । बम आतङ्क फैलाएर मात्र राजनीतिक उद्देश्य प्राप्त हुन्छ भन्ने कुरा ठान्नु विल्कुल सही छैन,’ प्रचण्डले भने ।
आइतबार काठमाडौँमा विभिन्न स्थानमा भएका बम विस्पोट र सोमबारको बन्द तर्फ संकेत गर्दे प्रचण्डले हिजोका गतिविधिले विप्लवहरुले वार्ताको वातावरण तयार गरेको बताए । प्रचण्डले भनेका छन्, ‘बन्द इत्यादि जुन उहाँहरुले गरिरहनु भएको छ, सायद प्रकारान्तरले यो वार्ताको वातावरण बनाउनकै लागि गरिरहेको हो भन्ने मलाई लागिरहेको छ ।’
त्यस्तै प्रचण्डले वार्ताको पहल भैरहेको पनि संकेत गर्दे उनले भने, ‘सरकराबाट पहल भइरहेको होला नि, सीके राउतको पहल भइरहेको थाहा भएन एकैचोटी परिणाम आएपछि थाहा भयो ।’
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु