गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
काठमाडौं । सरकारले गणतन्त्र दिवसको अवसर पारेर यही जेठ १६ मा पूर्वसभासद्हरुसहितका १ हजार १०९ जनालाई ‘संविधानसभा पदक’ प्रदान गर्दै छ । यसरी पदक पाउनेमा राष्ट्रपति, प्रधानमन्त्रीसँगै सरकारद्वारा नै प्रतिबन्धित विप्लव समूहका नेता समेत रहेका छन् ।
साे पदक पाउने सूचीकाे एक नम्बरमा राष्ट्रपति विद्यादेवी भण्डारीकाे नाम रहेकाे छ । दुई नम्बरमा भने प्रधानमन्त्री केपी शर्मा ओली रहेका छन् । तेस्राे नम्बरमा सभामुख कृष्ण महरा तथा चाैथाे नम्बरमा पूर्वराष्ट्रपति रामबरण यादवकाे नाम रहेकाे छ ।
साे सूचीमा पूर्वप्रधानमन्त्रीहरु- लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा, गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा, पुष्पकमल दाहाल, झलनाथ खनाल, माधवकुमार नेपाल, बाबुराम भट्टराई र सुशील कोइरालालगायतकाे नाम पनि रहेकाे छ ।
गृह मन्त्रालयका अनुसार नेत्रविक्रम चन्द विप्लव नेतृत्वकाे नेकपाका स्थायी समिति सदस्य खड्कबहादुर विश्वकर्मासहित तीनजना नेताले पनि संविधानसभा पदक पाउने भएका छन् ।विश्वकर्मा २०६४ सालमा कालीकोट-१ बाट संविधानसभा सदस्यमा निर्वाचित हुन् भने सूचीमा रहेका अर्का नेता सन्तोषकुमार बुढामगर पनि २०६४ सालमा रोल्पा-२ बाट निर्वाचित थिए । यसैगरी विप्लव समूहकी पोलिटब्यूरो सदस्य उमा भुजेलकाे नाम पनि साे सूचीमा रहेकाे छ, उनी पहिलो संविधानसभामा गोरखाबाट समानुपातिक काेटाबाट सभासद बनेकी थिइन् ।
सरकारले संविधानसभा गठन तथा साे सभाबाट संविधान निर्माणमा याेगदान पुर्याउनेहरु सबैलाई एकैसाथ साे विभूषण प्रदान गर्न लागेकाे हाे । तर केही पूर्वसभासद् भने साे सूचीमा अटेका छैनन् । कूटनीतिक राहदानी दुरुपयाेगलगायतका गम्भीर आराेप लागेका गायत्री साह र विश्वनाथप्रसाद यादव लगायतका पूर्पसभासदकाे नाम सूचीमा छैन । साे पदक राष्ट्रपति निवासमा एक समाराेहबीच प्रदान गरिने मन्त्रालयले जनाएकाे छ ।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
अनुदानमा प्राप्त ९ रुपैयाँको नुन किन्न २५ सय खर्च
मिठ्ठो पिरो क्यान्डी ‘रिमझिम बल’ आजको दिनमा पनि किन सान्दर्भिक छ ?
रविलाई पर्सा लगिँदै
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
यो पनि पढौँ
तनहुँमा बसबाट खसेर सहचालक पोखराका युवकको मृत्यु
गोवामा प्याराग्लाइडिङ गर्ने क्रममा दुर्घटना हुँदा नेपाली पाइलटसहित दुईजनाको मृत्यु
विद्यार्थी घटेपछि पर्वतका दुई क्याम्पस गाभिए
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी