एजेन्सी : उत्तर प्रदेशको आजमगढ जिल्लामा गत फेब्रुअरी २० तारिखमा अज्ञात समुहले एक पशु चिकित्सको गोली हानी हत्या गरेका थिए । यसबारे एक अचम्मित गरिदिने खुलासा भएको छ । पुलिसका अनुसार करेन्ट लागेको पाडोको उपचार राम्रोसँग नगरेका कारण ५९ वर्षे डाक्टर ओमनाथको हत्या गरिएको थियो । आजमगढ पुलिसले दुई अभियुक्तलाई पक्राउ गरेपछि यसबारे खुलासा भएको छ । अन्य दुईको अहिले पनि खोजी जारी छ ।
जिल्लाको मेंहनगर दौलताबादमा होम्योप्याथिक पशु औषधालय चलाउने ५९ वर्षीय ओमनाथ पाण्डेयलाई गोली हानी हत्या गरिएको थियो । पुलिसले विश्वेश्वरनाथ र अवधेशलाई पक्राउ गरेपछि यसको कारण पत्ता लागेको हो । आरोपीबाट पाएको बयानबारे जानकारी दिँदै पुलिसले भन्यो, ‘ललई नामका एक व्यक्तिको पाडोलाई करेन्ट लागेका कारण नराम्रोसँग घाइते भएको थियो । उपचारमा ओमनाथ पाण्डेय संलग्न थिए तर उनले पाडोलाई बचाउन सकेनन् ।
यसैकारण ललई यादव र डाक्टर ओमनाथबीच भनाभनका साथै मुक्कामुक्की पनि भयो । यसको बदला लिनका लागि ललई यादवले आफ्ना साथीसँग मिलेर डाक्टरको गोली हानी हत्या गरिदिए ।’ एसपी त्रिवेणी सिंहले अन्य दुई अभियुक्तलाई पनि चाँडै नै पक्राउ गरिने जानकारी दिए ।
सम्बन्धित खबर
कुलमानलाई स्पष्टीकरण सोध्ने मन्त्रिपरिषदकाे निर्णय
सरकारले ल्याएका पाँच अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
यो पनि पढौँ
३५ मिनेट वान टु वान भेटपछि मोदीले नेपाली भाषामा र ओलीले हिन्दी भाषामा के लेखे ?
आँधीखोला गाउँपालिकामा शुक्रबार शोक बिदा
कास्कीमा हिमपहिरोमा हराइरहेका चिनियाँ नागरिकको शव फेला
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्बौं भ्रष्टाचार भएको संसदीय छानबिनको ठहर