काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले युवा संगठनका तीर्थराज घिमिरेलाई प्रहरीले गिरफ्तार गरी हत्या गरेको बिषयलाई भिडन्तको झुटो नाटक नगर्न सरकारलाई चेतावनी दिएका छन् ।
आफ्ना नेता तथा कार्यकर्ताको हत्या र दमनको अभियान चलाएको आरोप लगाउदै सामान्य कार्यक्रममा हिडिरहेका युवा संगठनका कार्यकर्ता तिर्थ घिमिरे ‘राजु’लाई नियन्त्रण लिई भिडन्तको झुटो नाटक रची निर्ममतापुर्वक हत्या गरेको भन्दै बिज्ञप्ति मार्फत कडा आक्रोस पोखेका छन् ।
बुधबार एक विज्ञप्ति जारिगरि जेठ १३ गते नेपाल बन्दसहितको चरणबद्ध संघर्षका कार्यक्रमहरु समेत घोषणा गरेका छन् । विप्लब नेकपाले सरकारको यस्तो निकृष्ट हर्कतको सबै मानवअधिकार कर्मी, नागरिक समाज, पत्रकारले डटेर विरोध गर्नुका साथै तीथराज घिमिरेको हत्या घटनाको सत्यतथ्य छानविन गरी सार्वजनिक गर्न विज्ञप्तिमार्फत जोडदार माग गरेको छ ।
नेकपाले जनघाती, राष्ट्रघाती, भ्रष्टचारी सरकारले चलाएको हत्या हिंसाका विरुद्ध पार्टीले प्रतिरोध गर्नुको विकल्प नरहेको भन्दै तत्कालका लागि संघर्षका कार्यक्रम घोषणा गरिएको जनाएको छ । उक्त कार्यक्रमलाई उद्योग व्यावसायी, यातायात कर्मी, शिक्षण संस्थान लगायतका सबैले सहयोग र ऐक्यबद्धता जाहेर गर्नुका साथै सहयोग र समर्थन गर्न हार्दिक अपिलसमेत विज्ञप्तिमार्फत गरेको छ ।
आफ्ना नेता९कार्यकर्ता माथिको दमन, हत्या बिरुद्द नेकपाले देशब्यापी संघर्षका कार्यक्रमहरु पनि सार्बजनिक गरेको छ । नेकपाले यहि जेठ १३ गते नेपाल बन्दको घोषणा गरेको छ ।

सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु