गोरखा सिरानचोक गाउँपालिका वडा नं ७ चिउरीभिर बाट ना.५.ख.१९८२ नम्वरको ट्रिपर नदीमा खस्दा चालकको मृत्यु हुनुका साथै सहचालक वेपत्ता भएका छन ।
नयाँसाघुबाट निर्माण सामाग्री बोकेर चनौटे तर्फ जादै गरेको ट्रिपर शनिवार राती १० बजेको समयमा सडकबाट करिब १५० मिटर तल दरौंदी नदीमा खसेर दुर्घटना भएको हो । दुर्घटनामा सिरानचोक –७ घर भएका चालक वर्षीय सुमन खड्काको घटनास्थलमै मृत्यु भएको हो ।
त्यस्तै धादिङ्ग जोगिमारा घर भएका सहचालक वर्ष २१ का प्रदिप श्रेष्ठ अहिले सम्म वेपत्ता छन भने ट्रिपरमै सवार सिरानचोक –७ कै वर्ष १४ का जनक गुरुङ्ग सामान्य घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखा प्रमुख दयाराम पौडेलले जानकारी दिए । दुर्घटना भएको ट्रिपर नयाँसाँघु बारपाक सडकको स्तरउन्नतिका लागि प्रयोग हुदै आएको स्थानीयको भनाई छ ।
सम्बन्धित खबर
राष्ट्रपति रनिङ शिल्डको उपाधि पञ्चकन्यालाई
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ