भेनेजुयलाको एक कारागारमा झडप हुँदा २९ जनाको मृत्यु

भेनेजुयलाको एक कारागारमा झडप हुँदा २९ जनाको मृत्यु

karaghar jhagada

एजेन्सी । भेनेजुयलाको अक्कारिगुवा शहरमा रहेको कारागारमा झडप हुंदा कम्तिमा २९ जनाको मृत्यु भएको   छ । घटनामा परि कम्तिमा १९ जना प्रहरी घाईते भएका छन् । बन्दीहरुसंग हतियार रहेको र उनीहरुले ग्रिनेट विष्फोट गराएको प्रहरीले जनाएको ।

उनीहरुले आगन्तुकहरुलाई समेत बन्दी बनाएका थिए । ठूलो संख्यामा रहेका बन्दीहरु भाग्ने प्रयास गरेपछि प्रहरीको विशेष बलले उनीहरुलाई रोक्ने प्रयास गरेको थियो । नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको जनाएको छ ।

२ सय ५० जना अट्ने क्षमता रहेको कारागारमा ५ सय ४० बन्दी रहेका थिए । भेनेजुयलाका कारागारहरुका पछिल्ला केही वर्ष यता हिंसाका घटना बढेका छन् । गत वर्ष मार्चमा एउटा कारागारमा झडप हुंदा ६८ जना बन्दीको मृत्यु भएको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds