काठमाडौं । नियमित चुरोट सेवन गर्नेहरूलाई मुटु रोगको अत्यधिक जोखिम देखिएको छ । त्यस्ता रोगीमध्ये पनि ४५ प्रतिशत गरिब र अशिक्षित रहेको एक अध्ययनले देखाएको छ । एक्सन नेपालले हालै गरेको अनुसन्धानमा नियमित चुरोट सेवन गर्ने गरिब र अशिक्षितहरूमा मुटुरोगको समस्या बढी देखिएको हो ।
देशभरका ठूला अस्पताल पुगेर ९७ जना मुटुरोगका बिरामीमा केन्द्रित रहेर अनुसन्धान गरिएको एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले जानकारी दिए । अनुसन्धानकर्ताहरूले चुरोटकै कारण मुटुरोग भएका बिरामीलाई अध्ययनको आधार बनाएका थिए । एक्सन नेपालका डा देवीप्रसाद प्रसाईंले चुरोटसँग सम्बन्धित विभिन्न रोगको उपचारमा लाग्ने खर्च र नियमित प्रयोग गर्ने चुरोटमा हुने खर्च जोड्दा एक व्यक्तिले वर्षमा नौ लाख रुपैयाँभन्दा बढी खर्च गर्ने गरेको पाइएको बताए ।
अस्पताल भर्ना भएका मुटुरोगका बिरामीहरूको प्रतिक्रियाको आधारमा यस्तो खर्च देखिएको हो । चुरोट सेवनले गर्दा हुने मुटुरोगको उपचारमा मात्रै प्रत्येक वर्ष ३३ अर्ब रुपैयाँ खर्च हुने गरेको डा प्रसाईंले जानकारी दिए । एक्सन नेपालले सुर्तीजन्य पदार्थको सेवनबाट लाग्ने रोगका कारण वर्षमा २७ हजार एक सय ३७ जनाको मृत्यु हुने गरेको जनाएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो