नियमविपरीत सवारी साधन चलाए १ लाख जरिवाना !

नियमविपरीत सवारी साधन चलाए १ लाख जरिवाना !

jariwana

रुकुम । रुकुमको आठबीसकोट नगरपालिकाले नियमविपरीत चल्ने सवारी साधनलाई कारवाही गर्ने भएको  छ । लामो तथा छोटो दूरीमा नियमविपरीत सवारीसाधन सञ्चालन भइरहेको गुनासो आएपछि नगरपालिकाले अब त्यस्ता सवारी साधनलाई कारवाहीको दायरामा ल्याउने बताएको हो ।

नगरमा सञ्चालित छोटो तथा लामो दूरीका सवारी साधनलाई सवारी नियम पालना गर्न सचेत गराउँदै नगरपालिकाले नियम पालना नगरे रु एक लाखसम्म जरिवाना गर्ने चेतावनी दिएको छ ।

नगरपालिकाले एक सूचना जारी गर्दै जीप तथा भाडाका सवारी साधन रुट परमिट नलिई सञ्चालन भइरहेको, यात्रु तथा सवारी बीमा नगरेको, ब्लु बुक, लाइसेन्सजस्ता कागजात नभएको भेटिएको बताएको छ । नगरपालिकाले तत्कालै नियम पालना गर्न सचेत गराएको छ ।
अब पनि त्यस्तै त्रुटि भेटिएमा कारवाही गर्ने नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले जानकारी दिए । नियमविपरीत जथाभावी सवारीका साधन सञ्चालन हुँदा दुर्घटनाको जोखिम बढ्नुका साथै यात्रुसमेत ठगिने सम्भावना पनि उत्तिकै रहेकाले नगरमा सञ्चालन हुने सवारी साधनलाई नियमन गर्न लागिएको उनको भनाइ छ ।
त्यस्तै नगरपालिकाले टिकट काउन्टरमा बस्नेलाई अनिवार्य परिचयपत्र लगाउन र टिकट काउन्टरबाट मात्र टिकट काट्न पनि सचेत गराएको छ । सवारी साधनलाई नियमन गर्न लागिएपछि नगरको यातायात सेवा व्यवस्थित हुने नगरवासीले अपेक्षा गरेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

ट्रेन्डिङ


This will close in 4 seconds