युरोपेली गोल्डेन बुट अवार्ड सुपर स्टार लियोनल मेस्सीले जितेका छन् । स्पेनिस महारथि बार्सिलोनाका कप्तान मेस्सीले छैटौं पटक युरोपेली गोल्डेन बुट जितेका हुन् । युरोपका शीर्ष लिगहरुमध्ये सर्वाधिक गोल गर्ने खेलाडीलाई यस अवार्ड प्रदान गरिंदै आएको छ ।
मेस्सीले लगातार तेस्रो सिजन यस अवार्ड जितेका हुन् । मेस्सीले यस सिजन स्पेनिस ला लिगामा ३४ खेल खेल्दै ३६ गोल गरेका थिए । मेस्सीले दोस्रो स्थानमा रहेका पेरिस सेन्ट जर्मन (पीएसजी) का केलियन एमबाप्पेलाई पछि पारेका हुन् । एमबाप्पे मेस्सीसँग तीन गोलले पछि परे ।
सुक्रबार राति भएको फ्रेन्च लिगको अन्तिम खेलमा लिग च्याम्पियन पीएसजी रेम्ससँग ३–१ गोलले पराजित भयो । यस खेलमा एमबाप्पेले एक गोल मात्र गर्न सकेका थिए । उनलाई अन्तिम खेलमा मेस्सीलाई पछि पार्ने ठूलो मौका थियो ।
स्पेनिस ला लिगाबाट मेस्सीले लगातार तेस्रो र समग्रमा छैटौं पटक गोल्डेन बुट हात पार्दा स्पेनिस ला लिगाका खेलाडीले गोल्डेन बुट जितेको भने यो ११औं पटक हो । गोल्डेन बुट जितेका मेस्सीले आफुलाई च्याम्पियन्स लिगमा लिभरपुलविरुद्धको हारले सताई रहेको बताएका छन् ।
‘मैले गोल्डेन बुट बारे सोचेको छैन । मेरो दिमागमा लिभरपुलसँगको खेल बाहेक केहि छैन । म अझै लिभरपुलसँगको हारबारे सोचिरहेको छु,’ मेस्सीले भने । मेस्सीले गोल्डेन बुटभन्दा शनिबार राति हुने कोपा डेल रेको फाइनल खेल आफ्नो लागि निकै महत्वपूर्ण रहेको पनि बताएका छन् । कोपा डेल रे अन्तर्गत बार्सिलोनाले आज (शनिबार) राति भ्यालेन्सियासँग उपाधिका लागि खेल्दैछ ।
सम्बन्धित खबर
विपिन जोशी रिहा हुने आस बढ्यो, हमासको नयाँ प्रस्ताव
क्यानडाको टोरन्टोमा अवतरण गर्ने क्रममा विमान पल्टियो, ३ जना गम्भीर
नयाँदिल्ली रेलवे स्टेसनमा भागदौड हुँदा १८ जनाको मृत्यु, २५ भन्दा बढी घाइते
लेबनानमा शान्ति सेनामाथि आक्रमण, उपरथी ढकाल घाइते
महाकुम्भमा सवारी दुर्घटना हुँदा १० श्रद्धालुको मृत्यु, १९ घाइते
नेपाल भ्रष्टाचार हुने मुलुकको १०७ औँ स्थानमा
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते