किरण श्रेष्ठ, तनहुँ । आन्तरिक राजश्व कार्यालय दमौली, तनहुँले चालु आर्थिक वर्षको साउनदेखि हालसम्ममा ३ अर्ब ८४ करोड ८४ लाख ७७ हजार रुपैयाँ राजश्व सङ्कलन गरेको छ ।
कायालयले वैशाख सम्म ३ अर्ब ६६ करोड ८८ लाख ६७ हजार रुपैयाँ राजश्व उठाउने लक्ष्य लिएकोमा सो अवधि(वैशाख) सम्ममा कार्यालयले लक्ष्यको तुलनामा करिब ५ प्रतिशत अर्थात ३ अर्ब ८४ करोड ८४ लाख ७७ हजार रुपैयाँ बढी राजश्व सङ्कलन गरेको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार सङ्कलन भएको राजश्वमा आयकरतर्फ ७६ करोड ७२ लाख ९४ हजार रुपैयाँ, मूल्य अभिवृद्धि करतर्फ २० करोड १३ लाख ६२ हजार रुपैयाँ, घर बहालतर्फ ३ करोड ६१ लाख ७१ हजार रुपैयाँ रहेको छ ।
त्यस्तै अन्तःशुल्क करतर्फ २ अर्ब ३७ करोड ४ लाख २९ हजार रुपैयाँ, ब्याज करतर्फ ५ करोड १० लाख ७५ हजार, शिक्षा शुल्क करतर्फ ३४ लाख ८९ हजार र स्वास्थ्य सेवा करतर्फ ४१ करोड ८६ लाख ५६ हजार रुपैयाँ राजश्व सङ्कलन भएको कार्यालयका प्रमुख कर अधिकृत सुर्य प्रसाद सेढाईले जानकारी दिए ।
उनले भने, “पुरानो बक्यौता असूलीका साथै कर परीक्षण र कर अनुसन्धानमा पछिल्लो समयमा गरिएको वृद्धिले पनि करको दायरामा वृद्धि भएको छ र यसबाट हामी लक्ष्यभन्दा बढी कर उठाउन सफल भएका छौँ ।
त्यसैगरी विभिन्न जिल्लामा करदाता शिक्षा कार्यक्रम सञ्चालन हुनु, करदातामा कर तिर्नुपर्छ भन्ने भावनाको विकास हुनु, बजार अनुगमन, सरकारले पनि राजश्व सङ्कलनमा वृद्धिका लागि विभिन्न नीति एवं अभियान सञ्चालन गर्नुले पनि राजश्व सङ्कलन बढेको उनको भनाइ छ ।
कार्यालयले आगामी दिनमा राजश्व असूली एवं धेरै भन्दा धेरै क्षेत्रलाई करको दायरामा ल्याउन आफ्ना गतिविधि केन्द्रित गर्ने लक्ष्य लिएको प्रमुख कर अधिकृतले सेढाईले बताए।
नयाँ करदाता थपिए
चालु आवको यस अवधि सम्ममा ५ हजार ९ सय ३७ नयाँ करदाता थपिएका सो कार्यालयले जनाएको छ । थपिएका नयाँ करदाता सहित हाल यस कार्यालयको दायराभित्र विभिन्न ४ जिल्लाका ३० हजार ९ सय ३८ करदाता रहेका छन् ।
नयाँ करदाता थपिएका कारण राजश्व सङ्कलनमा वृद्धि भएको सो कार्यालयका कर अधिकृत मोहन रमण त्रिपाठीले बताए । सो कार्यालयले तनहुँ संगै लमजुङ, गोरखा र मनाङका करदाता लाई समेत सेवा प्रदान गर्दै आइरहेको छ ।
दरबन्दी अनुसार छैनन् कर्मचारी
आन्तरिक राजश्व कार्यालय दमौली, तनहुँमा दरबन्दी अनुसार कार्यालयमा कर्मचारी नहुँदा भने समस्या देखिएको प्रमुख कर अधिकृत सुर्य प्रसाद सेढाईले जानकारी दिए ।
एकजना उपसचिव, ४ जना अधिकृत, ९ जना नायब सुब्बा, १ जना कम्प्युटर अप्रेटर, २ जना डाटा इन्ट्री सुपरभाइजर, ३ जना कार्यालय सहयोगी, १ जना सवारी चालक गरि २१ जनाको दरबन्दी रहेको सो कार्यालयमा हाल एक जना उपसचिव, ३ जना कर अधिकृत, ५ जना नायब सुब्बा, ३ जना कार्यालय सहयोगी र १ जना सवारी चालक मात्र कार्यरत छन् ।
सम्बन्धित खबर
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नेपाली सिनेमाको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
‘अहिलेका गीत संगीतमा प्याकेज बन्न छोडे’
‘नेपाली सिनेमामा आदिवासी र सिमान्तकृतको स्वर दबिएको छ’
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो