फ्रान्सको वृद्धाश्रममा १०२ वर्षीया महिलाले हत्या गरेको आशङ्का

फ्रान्सको वृद्धाश्रममा १०२ वर्षीया महिलाले हत्या गरेको आशङ्का

hatuya

फ्रान्सको एउटा वृद्धाश्रममा एउटी १०२ वर्षीया महिलाले ९२ वर्षीया छिमेकीको हत्या गरेको आशङ्का गरिएको    छ । ती महिलालाई अहिले मानसिक अस्पताल पठाइएको छ।

एक अभियोजनकर्ताका अनुसार उनले आफ्नो स्याहारसुसार गर्ने एक व्यक्तिलाई आफूले “एक जनालाई मारेको” बताएकी थिइन्। दक्षिण फ्रान्सको शेजी-सुर-मार्नस्थित वृद्धाश्रममा अर्की वृद्धाको शव चोटपटक लागेको अवस्थामा भेटिएको थियो।

शवपरीक्षणको प्रतिवेदनमा उनको मृत्यु घाँटी थिचिएको र शिरमा चोट लागेका कारण भएको उल्लेख छ। समाचारसंस्था एएफपीका अनुसार वृद्धाश्रमका एक कर्मचारीले शनिवार मध्यरातपछि पीडित महिलालाई ओछ्यानमा अचेत अवस्थामा भेटेपछि घटनाबारे पहिलो पटक थाहा भएको थियो।

सरकारी वलिकलाई उद्धृत गर्दै एएफएपीले ती १०२ वर्षीया महिला त्यतिबेला धेरै आत्तिएको देखिन्थिन् र उनले नै ती कर्मचारीलाई आफूले हत्या गरेको बताएकी थिइन्। नियतवश अपराध गरेकी हुन् कि हैनन् भनेर छुट्याउन ती सन्दिग्ध महिलाको मानसिक स्वास्थ्यबारे परीक्षण हुँदै गरेको बताइएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds