एजेन्सी : एक व्यक्तिले आफ्नो जीवनकालमा १६।५ ग्यालोन आँसु झार्ने अनुसन्धानकर्ता बताउँछन् । तर कहिलेकाँही मानिसहरु आफ्नो भावनालाई दबाउन खोज्छन्, यसलाई उजागर गर्न लजाउँछन् पनि । तर यदि भावनात्मक रुवाईले तपाईंलाई तौल घटाउन सहयोग गर्छ भन्दा कस्तो लाग्ला रु यो सुन्ने बित्तिकै कतिलाई लाग्न सक्छ कि आफूले थुप्रै वर्षदेखि दबाएर राखेको आँसुको ग्यालोन खन्याउने बेला आएको छ ।
तपाईंमध्ये धेरैले आफ्नो भावना व्यक्त गर्दा तौल घट्छ भन्दा पत्याउनु हुन्न होला । हामीमध्ये धेरै यो अवस्थाबाट गुज्रिएका छौं । कसैले मन तोडेका बेला तपाईंलाई तनाव हुन्छ, धेरै खानुहुन्छ र त्यसको केही दिनपछि आफूलाई मनपर्ने जिन्स लगाउनै नमिल्ने गरी टाइट भएको पाउनुहुन्छ । यस्तो अवस्थामा पनि तौल बढेको देख्दा तपाईंलाई विश्वास पनि नलाग्न सक्छ ।
हामी तनावमा हुँदा कार्टिसोल हर्मोनको श्राव हुन्छ जुन मोटोपनासँग सम्बन्धित हुन्छ । हामीमध्ये धेरैलाई थाहा छ कि यो हर्मोनले तनावसँग जुध्न सहयोग गर्छ । यहाँ समस्या के छ भने आजकाल मानिसहरु जीवनयापनका लागि शारिरिक क्रियाकलाप गर्दैनन् । मानिसहरु तनावमा हुँदा र रिस उठेका बेला बसिराख्न रुचाउँछन् त्यसकारण हाम्रो शरीरले तनाव कम गर्ने केही क्यालोरीको उपयोग गरिसकेको ठान्छ । यद्यपी, त्यसको प्रयोग नभएको पनि हुनसक्छ ।
यसैबीच, वैज्ञानिकले भावुक भएपछि आउने आँसुमा कार्टिसोल बढाउने हार्मोन भएको पत्ता लगाएका छन् । यसलाई प्रोल्याक्टिन, लिउ–इन्केफालिन र एड्रेनोकोर्टिकोट्रोपिन ९एसिटीएच० भनिन्छ । हामी अत्यधिक दबाबमा हुँदा यी हर्मोन निष्कासन हुन्छ । त्यसकारण जब हामीले आफ्ना भावनालाई नदबाइकनै, मन खोलेर रुन्छौं तब यी हर्मोन बाहिर निस्कन्छन् जसका कारण कार्टिसोलको स्तर घट्ने गर्छ ।
कार्टिसोल हर्मोनलाई कसरी कम गर्ने तरिका थाहा नहुँदा समस्या निम्तिने हो । त्यसकारण तनावमा भएका बेला हामीलाई अत्यधिक भोक लाग्छ जसका कारण तौल बढ्ने गर्छ । यसका लागि विज्ञानलाई धन्यवाद भन्नै पर्छ जसले समस्यामा पर्दा पनि तौल घटाउने उपाय पत्ता लगाएको छ । स्ट्रेस हर्मोन शरीर भित्र छ कि बाहिर, त्यो कुरा महत्वपूर्ण हुन्छ ।
यदि तपाईं राम्रो अभिनय गर्न सक्नुहुन्छ र प्याज काटेर रुने सोच बनाइराख्नुभएको छ भने ढुक्क हुनुहोस् यसले तपाईंलाई सहयोग गर्दैन । वास्तविक भावनामा बगेर रुँदा मात्र आवश्यक हर्मोनको श्राव हुन्छ । वैज्ञानिकका अनुसार भावनामा बगेर रुने सबैभन्दा राम्रो समय भनेको बेलुका सात देखि १० बजेसम्म हो । यतिबेला मानिसहरु आफूलाई मनपर्ने मानिसको साथमा हुन्छन् । त्यसकारण यदि तपाईंको सम्बन्ध टुटेको छ र जीवनको निकै कठिन अवस्थामा हुनुहुन्छ भने त्यसलाई बाहिर निस्कन दिनुहोस् । मन खोलेर रुनु दिमागलाई शान्त बनाउने एक माध्यम पनि हो ।
स्रोतः ब्राइट साइड
सम्बन्धित खबर
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
अनुदानमा प्राप्त ९ रुपैयाँको नुन किन्न २५ सय खर्च
मिठ्ठो पिरो क्यान्डी ‘रिमझिम बल’ आजको दिनमा पनि किन सान्दर्भिक छ ?
रविलाई पर्सा लगिँदै
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
कथा सकिने डरले चलचित्र निर्देशक बनेका गायक प्रकाश सपूत
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी