डेली मेलका अनुसार गत बुधबार बिहान उत्तर–पूर्व थाइल्याण्डको कोराटमा जब ४१ वर्षका उस्सा निसिका खेत पुगे तब उनको कुकुर पिंगपंग केही टाढा गएर खेतको माटो खोतलिरहेको भेटियो । कुकुरले के खोतलिरहेको होला भनेर हेर्न पुग्दा उनले त्यहाँ शिशुको खुट्टा देखे । उनले तत्काल बच्चालाई माटो मुनीबाट निकालेर अस्पताल पुर्याए । बच्चालाई खासै ठूलो चोट लागेको छैन । यसबारे उनदले पुलिसलाई समेत जानकारी दिए ।

सबैको हिरो बन्यो पिंगपंगः
उस्सालाई कुकुरबारे प्रश्न सोध्दा उनले पिंगपंग जन्मिएदेखि नै आफूसँगै भएको जानकारी दिए । आफ्नो आफ्नो कुकुर निकै वफादारसमेत भएको बताए । उनले भने, ‘उसको तीनवटा खुट्टाले मात्र काम गर्छ किनभने कार दुर्घटनामा उसको पछाडिको खुट्टा भाँच्चिएको थियो । यस्तो अवस्थामा हुँदा पनि पिंगपंगले मलाई निकै मद्दत गरेको छ । ऊ मसँगै भएपछि मैले गाइहरुलाई राम्रोसँग पाल्न सकिरहेको छु । अब अहिले उसले बच्चाको ज्यान बचाएको छ, उसको काम देखेर सबै चकित छन् । ऊ अब सबैको हिरो बनेको छ ।’

डरका कारण बच्चालाई गाडेकोः
उजुरीपछि पुलिसले सुरुवाती सोधपुछमा स्थानीयसँगको सोधपुछमा खासै जानकारी पाउन सकेनन् । त्यसपछि एक पसलेले एक किशोरीले अत्यधिक स्यानिटरी टावेल खरिद गरेको जानकारी दिए । उक्त जानकारीपश्चात् बिहिबार किशोरीलाई पक्राउ गरियो । किशोरीले छोरा जन्माएको केही बेरपछि नै गाडेको जानकारी दिइन् । किशोरीले पुसिललाई दिएको जानकारी अनुसार आमा–बुवासँग डर लागेका कारण बच्चालाई गाडेकी थिइन् ।
आरोपी किशोरीमाथि चल्न सक्छ मुद्दाः
किशोरीका आमा–बुवालाई बच्चाको हेरविचारका लागि प्रस्ताव गरियो । यद्यपी, पुलिस अधिकारी र बच्चाको परिवारबीच सहमती बन्न सकेन । अधिकारीले पुलिस र सरकारी कल्याण विभागका कर्मचारीलाई सुरक्षाको जिम्मेवारी दिएका छन् । गभर्नरका अनुसार पुलिस किशोरीमाथि मुद्दा चलाउने तयारी गरिरहेको छ तर बच्चाको हेरविचार बारे पनि सोच्नुपर्छ ।

सम्बन्धित खबर
कुलमानलाई स्पष्टीकरण सोध्ने मन्त्रिपरिषदकाे निर्णय
सरकारले ल्याएका पाँच अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
यो पनि पढौँ
पोखरामा पेट्रोल पम्प जोडिएको घरमा लागेको आगो समयमै निभाउँदा ठूलो क्षति टर्यो
पोखरा पृथ्वीचोकमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार शिवराजको मृत्यु
गण्डकी र लुम्बिनी जोड्ने पक्की पुल निर्माण
सङ्खुवासभामा लेक लागेर तनहुँका डाक्टर सिग्देलको मृत्यु