पोखरा, ९ जेठ । युवाहरु आवद्ध सामाजिक संस्था पोखरा जेसीजले हरेक वर्ष आयोजना गर्ने ‘जेसीज वीकइण्ड’ शुक्रबारदेखि सुरु हुँदैछ । पोखरा जेसीजले जेठ १० गतेदेखि १२ गतेसम्म विभिन्न त्रिदिवसीय कार्यक्रको आयोजना गरेर ‘जेसीज वीकइण्ड’ मनाउने बुधबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिएको हो ।
बर्ष २०१९ को ‘सकरात्मक प्रभावका लागि एकता’ भन्ने उद्देश्यका साथ त्रिदिवसीय कार्यक्रम अन्तरगत कार्यशाला गोष्ठी, निःशुल्क स्वास्थ्य शिविर, असल अभिभावकत्व बिषयक परामर्श कार्यक्रम लगायत आयोजना गरेर ‘जेसीज वीकइण्ड’ मनाउने जेसीज वीकइण्ड २०१९ मुल संयोजक जेसी मोहनप्रसाद अधिकारीले जानकारी दिएका छन् । कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको पोखरा जेसीजका अध्यक्ष जेसी सन्तोष शाहीले जानकारी दिए ।
जेठ १० गते पूर्वान्ह १० बजे पोखरा उद्योग वाणिज्य संघको अमृतकक्षमा औपचारिक उद्घाटन गरिने जेसीज वीकइण्डको पहिलो दिनको कार्यक्रम स्थानिय क्षेत्रमा रहेका बिभिन्न क्षेत्रका उद्यमी व्यवसायीहरुहरुलाई लक्षित गरेर कार्यशाला गोष्ठीको आयोजना गरिने छ । उक्त कार्यशाला गोष्ठिमा जल महल रिसोर्ट पोखराका डा. दिनेश प्रसाई र कपिल तमोटले सहजिकरण गर्नेछन् । जसको संयोजन जेसी बिनु श्रेष्ठले गर्नेछिन् ।
त्यस्तै दोस्रो दिन जेठ ११ गते अन्नपुर्ण गाउँपालिकाका स्थानियलाई लक्षित गरेर माछापुच्छ्रे मा.वि प्राङ्गण, ढिकुरपोखरी, कास्कीमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिने छ । अन्नपुर्ण गाउँपालिका सँयको समन्वय तथा कास्की सेवा हस्पिटल, हिमालयन आँखा अस्पताल र डक्टर्स डेन्टल क्लिनिकको प्राबिधिक सहयोगमा हुने शिवीरकोे संयोजन जेसी गणेश गिरीले गर्नेछन् ।
वीकइण्डको अन्तिम दिन जेठ १२ गते रन्जित इभेन्ट सेन्टर रानिपौवा ११, पोखरामा पोखरा महानगरपालिका, वडा, महिला तथा आमा समुह, स्कुल, शिक्षक/ शिक्षिका, बालबालिकालाई लक्षित गरेर असल अभिभावकत्व बिषयक परामर्श कार्यक्रमको आयोजना गरिने छ । अन्तिम दिनको उक्त परामर्श कार्यक्रमकोे सहजीकरण मदरल्याण्ड मा वीका प्रमोटर प्रेम नारायण पोख्रेलले गर्नेछन भने कार्यक्रम संयोजन जेसी कमलराज पराजुलीले गर्नेछन् ।
सोही दिन वीकइण्डको औपचारिक समापन गरिने पोखरा जेसीजका अध्यक्ष जेसी सन्तोष शाहीले जानकारी दिएका छन् । कार्यक्रम सम्पन्न गर्न ५ लाख खर्च र ५ लाख नै आम्दानी हुने आयोजकको अनुमान रहेको छ ।
सम्बन्धित खबर
तनहुँमा ऋषिङ गाउँपालिका अध्यक्षले कुटे पूर्वसांसदका छोरा
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
राष्ट्रिय फोटो पत्रकार समूह नेपाल, कास्की शाखाको अध्यक्षमा योगेन्द्र, प्रेम सचिव
पूर्व राजा ज्ञानेन्द्रले गरे कुल मन्दिरको दर्शन
काउली बेचेर एकै सिजनमा ६ लाख आम्दानी
पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको नमुना मतदान
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो