पोखरा । पोखराको पृथ्वीचोक स्थित एक होटलबाट लागू औषधसहित ७ जना पक्राउ परेका छन् । लागू औषध कारोबार गरिरहेको गोप्य सूचनाको आधारमा छापा मार्न गएको प्रहरी टोलीले ३ सय ४१ थान डाइजापाम , फेनेरागन बुप्रिनर्फिन र १ सय थान नाइट्रोसन गरी १ हजार २ सय २८ थान लागू औषधसहित ७ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
लागू औषध कारोबार गरिरहेका रुपन्देहीका ४३ बर्षीय रामबृक्ष कोहार, ४० बर्षीया तेतरी कोहार, २० बर्षीया सोनम कोहार, पोखरा –१ का २६ बर्षीय अनिल गुरुङ, पोखरा–२८ का २० बर्षीय शुक्रराज सुनार, पोखरा –१३ का ४४ बर्षीय बिक्रम विक र पोखरा– ३२ का ३४ बर्षीय अजय गुरुङ पक्राउ परेका छन ।
कास्की प्रहरीले केही दिनदेखि कास्कीमा लागु औषध विरुद्धको अभियान संचालन गदै आएको छ । नहिरुलाई पक्राउ पछिको प्रारम्भिक अनुसन्धानबाट पोखराका ड्रग्स डिलरहरुले ड्रग भि¥याउनका लागि पैसा पठाएको र बोर्डर जिल्लाबाट ड्रग्स पोखरा ल्याउने गरेको पत्ता लागेको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
लाहाचोकको ज्ञानज्योति बोर्डिङले जित्यो उपाधि
पोखरा जेसिजको अध्यक्षमा भाइराज राना सर्वसम्मत
अपाङ्ग महिला सशक्तिकरण केन्द्रको मन्त्री केसीसँग ६ बुँदे माग
रवि मुछिएको सहकारी सूर्यदर्शनका बचतकर्ता साधारणसभामा जुट्दै
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम