शिक्षित पनि अशिक्षितजस्तै लाग्न थाल्यो: प्रधानमन्त्री ओली

शिक्षित पनि अशिक्षितजस्तै लाग्न थाल्यो: प्रधानमन्त्री ओली

kp oli

file photo

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अव्यावहारिक शिक्षाका कारण शिक्षित वर्ग पनि आफूलाई अशिक्षितजस्तै लाग्न थालेको बताएका छन् । बिहीबार ‘हिसान’ले काठमाडौंमा गरेको कार्यक्रममा उनले अव्यावहारिक शिक्षाका कारण शिक्षित जमातले पनि अशिक्षितजस्तो व्यवहार देखाउने गरेको बताए । प्रधानमन्त्री ओलीले शिक्षालाई व्यापारिक नभइ सेवाको भावबाट हेर्न सुझाव दिए ।

उनले सार्वजनिक शिक्षालाई सशक्त बनाउन निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने भन्दै सार्वजनिक र निजी क्षेत्रको सहकार्यमा जोड दिए ।

प्रधानमन्त्री ओलीले सामुदायिक शिक्षाको गुणस्तर बढाउने सरकारको नीति रहेकोसमेत प्रस्ट पारे । उनले सर्वसुलभ शिक्षा अहिलेको आवश्यकता रहेकाले शिक्षामा मनपरी नचल्ने बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds