पोखरा। फेवातालको मापदण्ड मिचेर बनाइएका संरचना हटाउन पोखरा महानगरपालिकाले १५ दिने अल्टिमेटम दिएको छ। महानगरपालिकाले बिहीबार एक सूचना निकालेर १५ दिन भित्रमा ६५ मिटर मापदण्डभित्र बनेका स्थायी तथा अस्थाई संरचना भत्काउन अल्टिमेटम दिएको हो ।
ड्याम साइडदेखि खपौदीसम्मको मूल सडकभन्दा तलपट्टी रहेका मापदण्डको लगत लिने र लगतका आधारमा संरचना हटाउने महानगरका सूचना अधिकारी गंगालाल सुवेदीले जानकारी दिए ।
ताल संरक्षणको लागि प्रदेश, संघ र स्थानीय तहलाई सर्वोच्चले आदेश दिएको थियो । त्यसमध्ये केन्द्र सरकारले जग्गाको मुअब्जा उपलब्ध गराउने, प्रदेशले सीमाकंन र स्थानीय तहलाई संरक्षणको जिम्मेवारी दिइएको थियो ।
पोखरा उपत्यका नगर विकास समितिका पूर्व अध्यक्ष विश्व प्रकाश लामिछानेले तयार पारेको प्रतिवेदनलाई आधार मान्दै गएको वर्ष बैशाख १६ गते सर्वोच्चले फैसला गरेको थियो । आदेशमा फेवातालको ६५ मिटर मापदण्ड कायम गर्न÷गराउन उल्लेख छ ।
गएको माघ १० गते गण्डकी प्रदेशका पर्यटन मन्त्री विकास लम्सालको संयोजकत्वमा फेवातालको मापदण्ड कायम गराउँन ११ सदस्यिय समिति समेत गठन गरिएको थियो ।
सम्बन्धित खबर
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
राष्ट्रिय फोटो पत्रकार समूह नेपाल, कास्की शाखाको अध्यक्षमा योगेन्द्र, प्रेम सचिव
पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको नमुना मतदान
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
दरगाउँटारका १०० महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो