एजेन्सी । भारतमा भइरहेको १७ औं लोकसभा निर्वाचनको आज भइरहेको मतगणनाको प्रारम्भिक गणनाले सत्तारुढ भारतीय जनता पार्टी एक्लैले बहुमत ल्याउने अवस्था देखिएको एनडीटिभीले जनाएको छ । केहीबेर अघि सम्मको मतगणनामा भाजपा नेतृत्वको गठबन्धन ३२८ सिटमा अघि देखिएको छ भने विपक्षी कंग्रेस आइ ११२ सिटमा अगाडि देखिएको छ । त्यसैगरी निर्दलीय उम्मेदवार १०२ सिटमा अगाडि रहेको जनाइएको छ ।
भाजपाका उम्मेदवार प्रधानमन्त्री नरेन्द्र मोदी वाराणसीमा आफ्ना प्रतिद्वन्दी भन्दा निकै अघि देखिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । उता कांग्रेस अध्यक्ष राहुल गान्धी आफ्नो पुरानो निर्वाचन क्षेत्र अमेठीमा संघीय मन्त्री स्मृति इरानीसँग पछि परेका छन् भने अर्को निर्वाचन क्षेत्रमा भने राहुल नै अघि रहेको बताइएको छ ।
लोकसभा चुनावको परिणाम आउनुअघि नै भारतीय जनता पार्टीले जीतको उत्सव मनाउन थालिसकेको छ । दिल्ली भाजपाले सात किलोको लड्डु केक अर्डर गरेको छ । परिणाम घोषणा भएपछि यो केक काटिनेछ । यसबाहेक पनि पाँच किलोका ९ केक भाजपा केन्द्रीय कार्यालयमा काट्नका लागि अर्डर गरिएको छ । यो तयारीबाट भाजपा चुनावमा जीत हुने कुरामा ढुक्क रहेको देखाउँछ ।
दिल्लीमा लोकसभाका सात सीट छन् र अघिल्लो चुनावमा भाजपाले सबैमा जीत हासिल गरेको थियो । यसपालि चाहिँ दिल्लीमा त्रिपक्षीय प्रतिस्पर्धा भइरहेको छ किनकि भाजपा र कांग्रेस बाहेक सत्तारूढ आम आदमी पार्टीले पनि चुनावमा निकै जोड दिएको छ ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते