विश्वमा पुरुष प्रजनन क्षमता क्रमश घट्दै गईरहेको छ । जसको कारण अस्वस्थ जीवनशैलीलाई मानिएको छ । खराब बानीका कारण पुरुषको स्वास्थ्य मात्र होइन शुक्राणुको गुणस्तरमा समेत कमी आउँछ र कम उमेरमै पुरुषको प्रजनन क्षमतामा ह्रास आउँछ ।
यी गल्तिबाट बच्नका लागि तपाईलाई आफ्नो खराब बानीहरुको बारेमा जानकारी हुनु पर्छ, जसबाट आफ्नो प्रजनन क्षमता प्रभावित हुन्छ ।
ल्यापटपको प्रयोग
विश्व दिनप्रतिदिन डिजिटलाइजेशन हुँदै गइरहेको छ । आजभोली सबै व्यक्तिहरु स्मार्ट फोन, ल्यापटप, कम्प्युटर जस्ता डिजिटल प्रविधिहरुको प्रयोग गर्छन । तर तपाईलाई यो जानकारी नहुन सक्छ, तपाईले प्रयोग गर्ने उपकरणहरुले प्रजनन क्षमतामा ह्रास ल्याउँछ । ल्यापटपलाई काखमा राखेर काम गर्ने बानी छ भने यसलाई हटाउनु पर्छ । लामो समयसम्म ल्यापटप काखमा राखेर प्रयोग गर्दा प्रजनन क्षमतामा कमी आउन सक्छ । ल्यापटप काखमा राख्दा अण्डकोषको तापक्रममा वृछि हुन्छ, जसले गर्दा शुक्रकीटको गुणस्तरियता कमजोर हुन सक्छ ।
तातोपानीले नुहाउनु
तातोपानीले नुहाउँदा पनि तपाईको प्रजननमा प्रभाव पार्छ । तातोपानीले छालालाई डिहाड्रेट गर्छ र छालामा दाग बस्ने सम्भावना धेरै हुन्छ । यसबाहेक पाचन प्रणालीमा समेत असर पु¥याउँछ । शरिरमा अन्य अंग भन्दा अण्डकोषको तापक्रम कम राख्नु आवश्यक हुन्छ । तातोपानीले नुहाउँदा अण्डकोषमा असर पुर्याउँछ । तातोपानीले नुहाउँदा २५–२६ डिग्री सेल्सियस भन्दा धेरै तातोपानी हुनुहुँदैन ।
राती अबेरसम्म बस्नु
मानिसका लागि ६–७ घण्टा निन्द्रा अनिवार्य आवश्यक हुन्छ । निन्द्रा पर्याप्त नभएमा धेरै किसिमका समस्याहरु आउँछन् । अपर्याप्तका निन्द्राका कारण मानिसको शरिरको प्रतिरक्षा प्रणाली कमजोर हुन्छ, जसका कारण विभिन्न रोगको संक्रमण हुन सक्ने सम्भावना हुन्छ र मानिसको शरिरको प्रजनन क्षमतामा ह्रास आउँछ ।
तनाव
जागिर, पढाई, परिवार आदि विभिन्न कारणले आजभोली मानिसहरु धेरै डिप्रेसनको शिकार हुन्छन् । मानसिक तनाव र चिन्ताका कारण प्रजनन क्षमतामा समेत असर पुग्छ । यसले पुरुषको शुक्रकीटको गुणस्तरियतामा कमी ल्याउँछ । यसकारण तनावको व्यवस्थापन गर्नु अत्यन्त आवश्यक छ । जसका लागि योगाभ्यास, प्राणायाम, ध्यान, व्यायाम आदिलाई निरन्तरता दिन सकिन्छ ।
धुमपान र मद्यपानको लत
धुमपान र मदिराको सेवनका कारण गम्भिर समस्या शरिरमा देखिन्छ, यो सबैलाई थाहा भएकै कुरा हो । धुमपान र मद्यपानले मानिसको हर्मोन उत्पादनलाई प्रभावित गर्छ, जसले गर्दा पुरुषमा नपुंसकताको खतरा बढी हुन्छ । यसकारण मद्यपान तथा धुम्रपान पुरुष प्रजनन स्वास्थ्यका लागि हानिकारक छ ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो