सन्दीप सीपीएलमा अनुबन्ध, ८० लाख पाउने

सन्दीप सीपीएलमा अनुबन्ध, ८० लाख पाउने

Sandeep-Lamichhane

नेपालका चर्चित लेग स्पिनर सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सीपीएल) का लागि बार्बाडस ट्राइडेन्टस टोलीमा अनुबन्ध भएका छन् ।

लिगका लागि बुधबार साँझ देखि लन्डनमा जारी बोलकबोलमा सन्दीपलाई बार्बाडसले पाँचौ राउन्डमा अनुबन्ध गरेको हो । उक्त स्थानमा छानिने खेलाडीले कम्तिमा ७० हजार अमेरिकी डलर (करिव ८० लाख नेपाली रुपैयाँ) प्राप्त गर्नेछन् ।

सीपीएलको ड्राफ्टमा रहेका खेलाडीको बोलकबोल लन्डनमा जारी छ । सन्दीपको टोलीमा बुधबार अबेरसम्म एलेक्स हेल्स, जेसन होल्डर, आसिफ अली र वाहब रियाज समेटिएका छन् ।

सीपीएल ड्राफ्टमा नेपालका सन्दीप सहित युवा दिपेन्द्रसिंह ऐरी, सोमपाल कामी र रोहितकुमार पौडेल परेका थिए । सीपीएलको नयाँ संस्करण सेप्टेम्बर ४ देखि १२ अक्टोबरसम्म वेस्टइन्डिजमा हुनेछ । सन्दीपले अघिल्लो सिजनपनि सीपीएल खेलेका थिए ।  उनले  सेन्टकिट्स एण्ड नेभिस प्याट्रियट्सबाट पाँच खेलमा सात विकेट लिएका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

मेयर धनराज आचार्य १२ दिनपछि डिस्चार्ज
सुनको मूल्य घट्यो
राराको डाँफे होटलमा आगलागी

ट्रेन्डिङ