काठमाडौं, ९ जेठ । इटहरी उपमहानगरका मेयर द्वारिकालाल चौधरीले वडा सचिवलाई कार्यकक्षमै बोलाएर कुटपिट गरेका छन् । सीएफएल बल्ब खरिदमा भ्रष्टाचार गरेको भन्दै मेयर चौधरीले वडा नं १९ का सचिव मनोज दाहाललाई कुटपिट गरेका हुन् ।
वडासचिव दाहालका अनुसार उनी कार्यकक्षमा पुग्नासाथ मेयर चौधरीले कर्मचारीलाई सीसी क्यामरा बन्द गर्न लगाएका थिए । ‘त्यसपछि मलाई कुटपिट गर्नुभयो,’ वडासचिव दाहालले भने, ‘मेरो मोबाइलसमेत खोसिदिनुभयो । भागेर ज्यान जोगाएँ ।’ कुटपिटबाट दाहालको आँखामा चोट लागेको छ ।
उपमहानगरले डेढ वर्षअघि खरिद गरेको सीएफएल बल्बमा २० लाख रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको प्रमाणित भएको थियो । सीएफएल खरिदका बेला जिन्सी शाखामा दाहाल प्रमुख थिए । कार्यकक्षमा वडा सचिवलाई दुर्व्यवहार गरेको भन्दै उपमहानगरका कर्मचारीहरूले कार्यालय परिसरमा नाराबाजी गरेका थिए ।
उनीहरू कुटपिटविरुद्ध इलाका प्रहरी कार्यालय इटहरीमा उजुरी दिने तयारीमा छन् । ‘इटहरी उपमहानगरपालिकाका कर्मचारीहरू जाहेरी लिनुपर्यो भन्दै आउनुभएको थियो । प्रक्रियाअनुसार आए जाहेरी लिन्छौं,’ डीएसपी समीरचन्द्र खरेलले भने ।
दुर्व्यवहार भएको विरोधमा कर्मचारीले इटहरी उपमहानगरपालिका कार्यालय र २० वटै वडा अनिश्चितकालका लागि बन्दको घोषणा गरेका छन् । बिहीबार उपमहानगरपालिकामा भेला भएर धर्ना दिने उनीहरूले बताएका छन् ।
कर्मचारी कुटपिटको विषयमा मेयरको प्रतिक्रिया लिन पुगेका पत्रकार विकल रेग्मी र कृष्ण भट्टराईमाथि समेत मेयरले दुर्व्यवहार गरेका छन् । पत्रकारमाथि दुर्व्यहारप्रति नेपाल पत्रकार महासंघ सुनसरी शाखाले विज्ञप्ति जारी गर्दै निन्दा गरेको छ । आजको कान्तिपुरमा खबर छ ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो