यूएईले ल्यायो ‘गोल्डेन भिषा’ को अफर, यस्ता ब्यक्ति मात्रै जान पाउछन्

यूएईले ल्यायो ‘गोल्डेन भिषा’ को अफर, यस्ता ब्यक्ति मात्रै जान पाउछन्

uAE visa

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) ले असाधारण प्रतिभा भएका तथा आफ्नो देशमा आर्थिक लगानी गर्न चाहने लगानीकर्तालाई लक्षित गरी सुनौलो (गोल्डेन) भिषा कार्यक्रम ल्याएको छ । सो स्थायी बसोबास योजनाले धनी तथा उच्च दक्षता र सीप भएका व्यक्तिलाई तेलका लागि धनी मनिने यस खाडी मुलुकको समृद्धिका लागि योगदान गर्ने विश्वासका साथ गोल्डेन भिषा कार्यक्रमको शुरूवात गरेको अधिकारीहरूले बताएका छन् ।

‘गोल्डेन कार्ड कार्यक्रम डाक्टर, इन्जिनियर्स, वैज्ञानिक तथा कलाकारजस्ता ‘असाधारण प्रतिभा’ प्रदान गर्ने प्रस्ताव गरिएको हो,’ यूएर्यका प्रधानमन्त्री शेख मोहम्मद विन ससिद अल माक्टौमले बताए । उनले जारी गरेको एक विज्ञप्तिमा भनिएको छ, ‘हामीले हाम्रो मुलुकको विकासको यात्रामा स्थायी साझेदार चाहेका छौं । नयाँ बासिन्दा हाम्रो मुलुकका लागि अपरिहार्य अंग हुनेछन् ।’

सो खाडी मुलुकले पहिलो समूहमा २७ अर्ब अमेरिकी डलर बराबर ९  एक खर्ब दिराम बराबर लगानी गर्ने ६ हजार ८ सय लगानीकर्तालाई स्थायी बसोबासको व्यवस्था गर्ने प्रधानमन्त्रीले बताए । यो खाडी मुलुकमा विदेशीका लागि पहिलो आकर्षक योजना हो ।

खासगरी खाडी क्षेत्रमा बसोबास गर्न र लगानी गर्न चाहने विदेशीलाई सिमित अवधिको बसोबासको व्यवस्था भएको ‘काफला’ प्रायोजन कार्यक्रम दिइँदै आएको थियो । पछिल्ला बर्षहरूमा तीब्र आर्थिक विकास गरेको अरब क्षेत्रको दोस्रो ठूलो अर्थतन्त्रमा करिब ९० लाख जनसंख्या रहेको यहाँ उल्लेख्य संख्यामा विदेशी लगानीकर्ता र कामदार पनि रहेका छन् । rajdhanidaily

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

ट्रेन्डिङ


This will close in 4 seconds