जबर्जस्तीकरणी मुद्दामा कैद भुक्तान गरिरहेका प्रेम तामाङ धादिङबेंसीस्थित एक होटलमा आपत्तिजनक अवस्थामा रहेको भिडियो बाहिरिएसँगै धादिङ कारागारको चरम बेथिति सार्वजनिक भएको छ । यो समाचार आजको नागरिक दैनिकमा सरिता श्रेष्ठले लेखेकी छिन् ।
भिडियोमा रोचक त के छ भने कारागारबाट सँगै गएका सिभिल प्रहरी र सहनाइकेहरु कैदी तामाङलाई कोठाभित्र एक महिलासँग थुनिदिन्छन् र आफूहरु रक्सी खाँदै बाहिर पहरे दार भएर बस्छन् । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका –४ सेर्तुङका तामाङ जिल्ला अदालत धादिङबाट कैद सजाय तोकिएका अभियुक्त हुन् ।
कानुनतः उनी जिल्ला कारागारभित्रै थुनिएको अवस्थामा हुनुपर्थो । किनभने उनलाई जिल्ला अदालत धादिङले जबरर्जस्ती करणी मुद्दामा २०७० जेठ २३ गते ११ वर्षको जेल सजाय तोकेको छ । तर उनी सदरमुकाम धादिङबेशीको एक होटलको कोठा नं १०४ मा नियोजित रुपमा थुनिन्छन् । उनलाई अरु कसैले थुनेको नभई जिल्ला कारागार धादिङबाट उपचार गर्ने बाहानामा आफैँ बाहिर आएका हुन् ।
सम्बन्धित खबर
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
ठूलो सपना देख्दिनँ, आवधिक योजना बनाएर काम गर्छु : स्वास्थ्यमन्त्री पाठक
पोखरा १५ मा स्वास्थ्य शिविर, २ सय बढी महिलाको स्वास्थ्य परीक्षण
सरकारी निकायहरूमा आधिकारिक भाषा प्रयोग, भाषिक पुनरुत्थान र भाषिक–सामाजिक न्याय विषयक गोष्ठी सम्पन्न
रूपा रिङरोड दोस्रो खण्डको शिलान्यास, ४७ करोडमा बन्ने
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : गुणस्तरीय र समयमै काम गर्नू
यो पनि पढौँ
टीकाको अघिल्लो दिन जब छोराको शव आयो …
दुई साताअघिकाे संकटमा सयौँलाई जोगाएका सशस्त्र प्रहरी निरीक्षक बडुवाल आफै अस्ताए
पोखराको हेम्जामा यात्रु चढाइरहेको बसलाई टिप्परले ठक्कर दियो
दशैंमा तनहुँ ससुराली आएका ज्वाईंको मादीले बगाएर मृत्यु