पोखरा । पोखरा १८ को खपौंदीदेखि पदेलीहुँदै वडा कार्यालयसम्म पुग्ने सडकलाई स्तरोन्नति गर्ने काम सुरु भएको छ । पहाडी भूभागलाई महानगरको केन्द्रसँग जोड्नका लागि पोखरा महानगरपालिकाले उक्त सडकलाई कनेक्टिङ सडकमा राखेर काम अगाडि बढाएको हो ।
सडकको काम धमाधम भइरहेको पोखरा १८ का वडाध्यक्ष रणबहादुर थापाले जानकारी दिए । उनका अनुसार २ किमी सडकलाई नालासहित ८ मिटर फराकिलो बनाइने छ । सडकको १ हजार १ सय ३५ मिटरसम्म ग्राबेलिङ गरिने पोखरा १८ का सब इन्जिनियर प्रशान्त बरालले जानकारी दिए । बरालका अनुसार ३० प्रतिशत काम सकिएको छ । सडकमा १ सय १५ मिटर नाला निर्माण गरिने छ ।
सडकको ६ ठाउँमा गरी ४ सय ४० घनमिटर ग्याबियन भर्नुका साथै पाँच ठाउँमा पाइप कल्र्भट, २ ठाउँमा सिँचाइका पाइप राखिने महानगरको सहरी पूर्वाधार महाशाखाले जनाएको छ । महाशाखाका अनुसार सडकको २ ठाउँमा रिटेनिङ वाल पनि निर्माण गरिने छ । महानगरले उक्त काम गर्न १ करोड ५० लाखको टेन्डर गरेकामा देभचुली लोयल जेभीले ९८ लाख ९६ हजारमा काम सक्ने गरी महानगरसँग सम्झौता गरेको छ ।
गत चैत ११ गते भएको सम्झौता अनुसार निर्माण कम्पनीले आगामी भदौसम्ममा उक्त काम सक्ने समयसिमा तोकिएको छ । ग्रामीण भूभागलाई केन्द्रसम्म जोड्नका लागि महानगरपालिकाले कनेक्टिङ सडकलाई प्राथमिकतामा राखेको पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले जानकारी दिए ।
पोखरा २३ मा पर्ने ठूलाखेत हर्पनहुँदै चैनपुर पञ्चासे सडकलाई पनि फराकिलो पार्ने काम सुरु भएको छ । पोखरा २३ का वडाध्यक्ष विष्णु पराजुलीका अनुसार सडक खण्डको साढे २ किमी सडकलाई फराकिलो बनाइने छ ।
नालासहित ८ मिटर चौडाइको सडकमा ४० मिटर नाला निर्माण गरिने छ । सडकको २ ठाउँमा गरी १ सय ३५ घनमिटर ग्याबिनय भरिने छ । महानगरले उक्त काम गर्नका लागि ५० लाखमा टेन्डर आह्वान गरेकोमा केडी कस्ट्रक्सनले ३० लाख २९ हजारमा काम सक्ने गरी सम्झौता गरेको छ । सम्झौता अनुसार तोकिएको काम आगामी भदौसम्ममा काम सम्पन्न हुनुपर्नेछ ।
सम्बन्धित खबर
तनहुँमा ऋषिङ गाउँपालिका अध्यक्षले कुटे पूर्वसांसदका छोरा
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
राष्ट्रिय फोटो पत्रकार समूह नेपाल, कास्की शाखाको अध्यक्षमा योगेन्द्र, प्रेम सचिव
पूर्व राजा ज्ञानेन्द्रले गरे कुल मन्दिरको दर्शन
काउली बेचेर एकै सिजनमा ६ लाख आम्दानी
पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको नमुना मतदान
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो