प्रदेश सरकार केन्द्र मातहत भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउनुपर्छ : मुख्यमन्त्री गुरूङ

प्रदेश सरकार केन्द्र मातहत भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउनुपर्छ : मुख्यमन्त्री गुरूङ

pm oli vs prithivi

प्रतिनिधि सभा बैठकमा आगामी वर्षको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा वैशाख २४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले भने- प्रदेश र स्थानीय सरकार स्वायत्त होइनन् केन्द्रमातहत हुन्।

छलफलमा सांसदहरूले नीति तथा कार्यक्रममा प्रदेश र स्थानीय सरकार केन्द्रीय सरकारमातहत भएजसरी उल्लेख भएको विषय उठाएका थिए। जवाफमा प्रधानमन्त्री ओलीले त्यसो हुनु स्वभाविक भएको तर्क गरे।

उनको भनाइ थियो- कुन सरकारले कति काम गर्ने भन्ने अभ्यास स्थापना गर्नु पर्नेछ। अभ्यासबाट हामीले एउटा थिति बसाउनु पर्नेछ। अहिले ७६१ वटा सरकार छ। कुन सरकारले के गर्ने? सबै स्वतन्त्र सरकार होइनन्। प्रदेश सरकार केन्द्रको मातहत हो किजस्तो गरेर व्यवहार भएको छ भन्ने माननीयज्युहरूबाट सुनें। केन्द्रकोमातहत नै हो। संघीय सरकार, संघीय कानुनका मातहत नै प्रदेश सरकार र स्थानीय सरकार हुन्छ। यो कुनै अनौठो कुरा हो र? स्वतन्त्र सरकार त होइनन् नि! ती केन्द्रीय संघीय सरकारका मातहत हुन् यस्तो कुरामा अलमल राख्न हुँदैन।’

प्रधानमन्त्रीको जवाफलगत्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद मीनेन्द्र रिजालले प्रधानमन्त्रीलाई संविधानमा भएको व्यवस्था सम्झाए। पुरक प्रश्न सोध्दै रिजालले भने, ‘प्रधानमन्त्रीज्युले प्रदेश संघको मातहत भन्नुभयो। संविधानको धारा ५६ ले साझा होइन बेग्लाबेग्लै अधिकार क्षेत्र तय गरेको छ। संघको  मातहत प्रदेश र स्थानीय तह होइन।’

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds