भोजपुरमा प्रहरी र विप्लव कार्यकर्ताबीच दोहोरो भीडन्त !

भोजपुरमा प्रहरी र विप्लव कार्यकर्ताबीच दोहोरो भीडन्त !

gun-fire-

सांकेतिक चित्र

भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका वडा –१ तिम्माको धोद्रे जङ्गलमा प्रहरी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीका कार्यकर्ता विच मुठभेट भएको छ । मंगलबार दिउँसो भएको मुठभेटमा प्रहरीको गोली लागी षडानन्द नगरपालिका वडा नं. २ कुदाककाउले घर भएका विप्लव कार्यकर्ता तिर्थराज घिमिरे घाइते भएको प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले जानकारी दिए ।

सुरक्षा स्रोतका अनुसार घिमिरेको खुट्टामा गोली लागेको छ । घिमिरेलाई उपचारका धरान लैजाने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी खतिवडा भनाई छ । घिमिरेको साथमा हतियारसमेत फेला परेको बताइएको छ । सो ठाउँ छिनामखु र खोटाङ्गको केपलासगढी गाउँपालिकाको सिमा क्षेत्रमा पर्दछ ।

सो क्रममा कार्यकर्ताहरुले प्रहरीमाथि फायर खोलेको र जवाफी कारवाहीमा घिमिरेलाई गोलि लागेको प्रजिअ खतिवडाले बताए । दर्जनौंको समुहमा रहेका हतियारधारी समूह त्यहाँबाट जङ्गलको बाटो हुँदै भागेको बताइएको छ ।

विगत केहिदिनदेखि भोजपुर, खोटाङ्ग र सोलुखुम्बुको सिमा क्षेत्र मैयुङ्ग, दोभानेमा विप्लवका हतियारधारी लडाकुहरु रहेको प्रहरीले सूचना पाएको थियो । सोहि सूचनाको आधारमा प्रहरी, सशस्त्र प्रहरी लगायतको टोलीले चारैतिरबाट घेरा हालिरहेको थियो । घटनाको विस्तृत विवरण अझै आउन बाँकी रहेको प्रजिअ खतिवडाले वताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

ट्रेन्डिङ