एजेन्सी– भारतको जहाँगीराबादमा साढे २ वर्षका एक बालकले मोबाइल चार्जरको पिन मुखमा हालेपछि उनको मृत्यु भएको छ । मोबाइल चार्जरको स्विच अन थियो र पिनमा करेन्ट आयो । त्यसैले बालकको ज्यान लियो ।
ती बालकको नाम सहवर हो । मोबाइलको चार्जर मुखमा हाल्दा उसलाई झड्का लाग्यो । चार्जर प्लगमै थियो । परिवारका मानिसले उसलाई चिकित्सककहाँ लाँदै गर्दा बाटैमा उनको मृत्यु भयो । मोबाइल र चार्जर विस्फोट हुने घटना चार्जिङ गरिरहेको बेलामा मोबाइल प्रयोग गर्दा बढी हुन्छ ।
विशेषज्ञहरूले बताएअनुसार, चार्ज गर्दा मोबाइलको मदरबोर्डमा दबाब पर्छ । त्यसै क्रममा फोनमा कुरा गर्दा वा गेम खेल्दा मदरबोर्डमा अतिरिक्त दबाब पर्छ र ब्याट्री विस्फोट हुन्छ । चार्जरको स्थिति पनि यही हो ।
कुनै स्मार्टफोनमा बग र मालवेयर पनि भेटिन्छन् । त्यसैले गर्दा मदरबोर्डमा अतिरिक्त दबाब परेर फुट्छ । सस्तो मोबाइलको मदरबोर्ड, चार्जर र अन्य पार्टहरू गुणस्तरीय हुँदैनन् । यिनले सही तरिकाले काम नगर्दा ब्याट्री र चार्जर विस्फोट हुने खतरा हुन्छ । मोबाइल चार्जरको तार काटिँदा वा चार्जर गुणस्तरहीन हुँदा करेन्ट लाग्न सक्छ ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते