ट्रकले म्याजिक भ्यानलाई ठक्कर दिँदा १३ जनाको मृत्यु

ट्रकले म्याजिक भ्यानलाई ठक्कर दिँदा १३ जनाको मृत्यु

accident

काठमाडौं । भारतको महाराष्ट्रमा ट्रकले म्याजिक भ्यानलाई ठक्कर दिँदा १३ जनाको मृत्यु भएको छ । सोमबार दिउँसो महाराष्ट्रको बुलढाणा भन्ने स्थानमा यो दुर्घटना भएको हो ।

प्रहरीका अनुसार ट्रकको टायर पड्किएपछि अनियन्त्रित हुँदै म्याजिक भ्यानमाथि चढेको थियो । म्याजिक भ्यानमा १८ जना थिए । ६ घटनास्थलमै र ७ जनाको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको एसपी पाटिल भुजबलले बताएका छन् ।

घाइते तीनजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । नुन बोकेको ट्रक गुजरातबाट नागपुर जाँदै थियो । यसै गरी म्याजिक भ्यानमा सवार यात्रुहरु मलकापुरबाट कर्नाटकको अनुराबाद तर्फ गइरहेका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ