काठमाडौं । तत्कालीन नेपाल कम्युनिष्ट पार्र्टी ९एमाले०का महासचिव मदन भण्डारीको मृत्युमा आधारित चलचित्र ‘दासढुङ्गा’को दोस्रो भाग निर्माण हुने भएको छ । सन् २०१० मा निर्देशक मनोज पण्डितले ‘दासढुङ्गा’ निर्माण गरेका थिए । यद्यपि उक्त चलचित्र सुरुमा हल रिलिज गर्न दिइएको थिएन ।
‘दासढुङ्गा’को दोस्रो भागले उक्त दुर्घटनापछि त्यसले पारेको प्रत्यक्ष असरलाई उठाउने बताइएको छ । यसका लागि अनुसन्धान भइरहेको निर्माता अपिल विष्टले जानकारी दिए । कुमार भट्राईले निर्देशन गर्ने चलचित्रले राष्ट्रपति, प्रधानमन्त्री, राजनीति र दुर्घटनालाई केलाउने बताइएको छ । चलचित्रले दासढुङ्गा हत्या हो कि दुर्घटना रु भन्ने प्रश्नको जवाफ खोज्ने निर्माता विष्टले बताए ।
कास्ट एण्ड क्रु एक हप्तामा फाइनल हुने निर्माता विष्टले जानकारी दिए । चलचित्रमा केही कलाकार पहिलो भागकै हुने छन् भने केही नयाँ हुने विष्टको भनाइ छ । ‘दासढुङ्गा’मा दयाहाङ राई, सौगात मल्ल, अनुप बराल, संचिता लुइँटेल, विश्व बस्नेत, बिएस राणा, रामशरण पाठक लगायतको अभिनय थियो ।
यसैबीच निर्माण पक्षले चलचित्रको थिम पोस्टर पनि सार्वजनिक गरेको छ ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु