पोखरा : तथ्यांक विभागले तेस्रो चरणमा २०७४ असारदेखि २०७५ जेठसम्म गरेको नेपाल श्रमशक्ति सर्वेक्षण अनुसार गण्डकी प्रदेशमा अझै ६० हजार जनसंख्या बेरोजगार रहेका छन् । विभागले गरेको सर्वेक्षण अनुसार प्रदेशको ११ जिल्लामा १८ लाख ६८ हजार श्रमशक्ति रहेको मध्य हाल ६० हजार जनसंख्या बेरोजगार रहेका हुन् ।
१५ वर्षदेखि माथी उमेर समुहको जनसंख्या १८ लाख ६८ हजार रहेको गण्डकी प्रदेशमा ३ लाख ४० हजार पुरुष र २ लाख ६६ हजार महिला गरी जम्मा ६ लाख ६ हजार जना मात्रै रोजगार छन् । तर, तथ्यांक विभागले बैदेशिक रोजगारीमा जानेहरूको तथ्यांक उल्लेख गरेको छैन । हाल प्रदेशमा ४५ हजार शहरी र १५ हजार ग्रामिण क्षेत्रमा बेरोजगार छन् ।
नियुक्ति पत्र नदिई काममा लगाउने बढि
गण्डकी प्रदेशमा रोजगार भएका मध्य अघिकांस नियुक्ति पत्र बिनै काम गर्ने गरेको पाईएको छ । ६ लाख ६ हजार जना रोजगार संख्या भएकामध्य ३ लाख ६६ हजारले अझै नियुक्ति बिनै काम गरिरहेको पाईएको हो ।
नियुक्ति पत्र बिना काम गर्ने कामदारहरुको तलवदेखि सामाजिक सुरक्षासमेत ग्यारेन्टी हुँदैन । अनौपचारिक रुपमा नियुक्ति बिना काम गराउँदा राज्य र कामदार दुबैले घाटा ब्यहोर्नु पर्ने देखिन्छ ।
सम्बन्धित खबर
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
राष्ट्रिय फोटो पत्रकार समूह नेपाल, कास्की शाखाको अध्यक्षमा योगेन्द्र, प्रेम सचिव
पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको नमुना मतदान
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
दरगाउँटारका १०० महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो