देश विकासको गति दुई गियरमा छ अब तीनमा पुर्‍याउँछु : प्रम ओली

देश विकासको गति दुई गियरमा छ अब तीनमा पुर्‍याउँछु : प्रम ओली

KP-Oli-pm

धादिङ- प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वर्षको बजेटपछि देश विकासको गियर बढाउने बताएका छन् । धादिङको गल्छीमा सोमबार मध्य पहाडी लोकमार्गमा सूचना महामार्ग निर्माण कार्यको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्।

‘जेठ १५ मा आगामी आर्थिक बर्षको बजेट प्रस्तुत हुन्छ। यसले देश विकासको गियर परिवर्तन गर्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘देश विकासको गति दुई गियरमा छ भने तीनमा पुर्‍याउँछ। तीनमा छ भने चारमा पुर्‍याउँछ।’

प्रधानमन्त्री ओलीले मध्यपहाडी लोकमार्गको सुरुवाती विन्दु पाँचथरदेखि अन्तिम विन्दु बैतडीसम्म सूचना महामार्गको बिस्तारले डिजिटल नेपाल बनाउन सहयोगी हुने बताए । प्रधानमन्त्री ओलीले सरकारले विकास,शिक्षा ,स्वास्थ्य आदि क्षेत्रमा सामान्य सुधार मात्र नभइ आमूल परिवर्तन गर्न चाहेको समेत उल्लेख गरे।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds