एजेन्सी । दक्षिणी दिल्लीको टिगरी इलाकामा एक महिलासँग आपत्तिजनक अवस्थामा भेटिएपछि जेजे कोलोनी निवासी पंकजले पाँच तलाबाट हाम फालेर आत्महत्या गरेका छन् । महिलाका श्रीमानले ती दुईलाई आपत्तिजनक अवस्थामा भेटेपछि त्यहाँ तनाव उत्पन्न भएको थियो ।
तनाव उत्पन्न भएपछि उनले भवनको पाँचौं तल्लाबाट हाम फालेका थिए । प्रहरीको प्रभाम्भिक अनुसान्धनबाट उनीहरूबीत पहिलेदेखि नै अनैतिक सम्बन्ध थियो । उनीहरू एउटै भवनमा बस्दैँ आएका थिए । प्रहरीको अनुसार जेजे कोलोनी घटनाको दिन उनी ती महिलालाई भेट्न उनको घरमा गएका थिए । तर दुर्भाग्यवश त्यसदिन महिलाका श्रीमान बेलुका साढे चार बजे नै घर आए । घर आउँदा आफ्नी श्रीमती र पंकज दुईलाई आपत्तिजनक अवस्थामा भेटेका थिए ।
उनीहरूले घरको ढोका बन्द गर्न पनि भुलेका थिए । त्यसकारण उनका श्रीमान् निकै सजिलै घर भित्र छिर्न सके । उनले जब श्रीमतीलाई त्यस्तो अवस्थामा देखे तब उनको झापड पनि हाने । भारतिय प्रहरी डिसिपी विजय कुमारका अनुसार श्रीमानको रिस र डरले महिलाले आफ्नो हातको नसासमेत काट्ने कोसिस गरेकी थिइन् । तर उनलाई अरूले नसा काट्न भने दिएनन् ।
यसैबीच श्रीमानले श्रीमतीका बुवा र दाइलाई फोन गरेर घटनाबारे सबै जानकारी दिने चेतावनी दिए । कोठामा श्रीमान्–श्रीमतीबीच बहस चलिरहेका बेला पंकज बालकोनीमा आए र पाँचौं तल्लाबाट हाम फाले ।
तल झरेपछि केही मानिसहरुले पुलिसको मद्दतले उनलाई अस्पताल पुर्याए जहाँ डाक्टरले उनलाई मृत घोषित गरे । जानकारीका अनुसार पंकज दुई वर्ष अघि ती महिलासँग परिचित भएका थिए र त्यतिबेला देखि नै उनको घर आउ–जाउ गर्दथे । पुलिसले तीनैजनाको मोबाइल फोन जफत गरेर अनुसन्धान थालेको छ ।
सम्बन्धित खबर
कुलमानलाई स्पष्टीकरण सोध्ने मन्त्रिपरिषदकाे निर्णय
सरकारले ल्याएका पाँच अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
यो पनि पढौँ
पोखरामा पेट्रोल पम्प जोडिएको घरमा लागेको आगो समयमै निभाउँदा ठूलो क्षति टर्यो
पोखरा पृथ्वीचोकमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार शिवराजको मृत्यु
गण्डकी र लुम्बिनी जोड्ने पक्की पुल निर्माण
सङ्खुवासभामा लेक लागेर तनहुँका डाक्टर सिग्देलको मृत्यु