नेपाली भूमिमा क्षति पुग्ने गरी भारतमा सडक निर्माण

नेपाली भूमिमा क्षति पुग्ने गरी भारतमा सडक निर्माण

sadak_Mq

दार्चुला – दार्चुलाको जत्तरी ब्याँस गाउँपालिकाको सीमाक्षेत्रमा भारतीय पक्षले निर्माण गरिरहेको सडकले क्षति पुगेको छ । भारतीय पक्षले आफ्नोतर्फ महाकाली नदी किनारैकिनार सडक निर्माण गर्दा नेपालतर्फको बाटोमा क्षति पुगेको हो । सडक निर्माणमा भारतीय पक्षले जिलेटिन प्रयोग गरिरहेको छ । विस्फोटले ठुल्ठूला ढुंगा महाकाली नदीमा खसेर नदीको बहावसमेत रोकिएको छ ।

विस्फोटकका कारण महाकाली नदीमा खसेका ठूल्ठूला ढुंगाले घाटिबगड क्षेत्रमा कृत्रिम ताल बनेको व्याँस १ का दानसिंह तिंकरीले बताए । तिंकरीका अनुसार व्याँस २, तम्बाकुदेखि माथि बुँदीसम्मको पैदलमार्ग ठाउँ ठाउँमा क्षतिग्रस्त भएको छ । यो समाचार नागरिकमा प्रेम चुनाराले लेखेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds