पोखरा । रोजगारीका लागि दोहा कतारमा पुगेका कास्कीको अन्नपूर्ण गाउँपालिकाका नागरिकहरुले कतारमा गठन गरेका अन्नपुर्ण बचत समूहको प्रथम बार्षिक साधारण सभा सम्पन्न गरेका छन् । २०७५ साल बैशाखमा गठन भएको उक्त समूहको गत शुक्रबार (जेठ ३ गते) प्रथम साधरण सभा सम्पन्न गरेको प्रभु गुरुङले जानकारी दिए ।
गत शुक्रबार भएको साधरण सभामा समूहका कोषाध्यक्ष गणेश जिसीले पेस गरेको आर्थिक प्रतिवेदन सम्पूर्ण सदस्यहरुले ताली बजाएर समर्थन जनाएका थिए । अन्नपुर्ण बचत समुहका अध्यक्ष आश बहादुर गुरुङको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उपाध्याक्ष देवकोटा, सहसचिब प्रभु गुरुङ, कोषाध्यक्ष गणेश जिसी, सह-कोषाध्यक्ष टंक प्रसाद देवकोटा, लेखा समिति संयोजक गणेश देवकोटा, ऋण प्रवाह समिति संयोजक मधुसुधन देवकोटा लगायतले मन्तव्य राखेका थिए ।
त्यस्तै सदस्यहरु गणेश बिक, गबर गुरुङ, भरत देवकोटा, भिम बहादुर जिसी, रमेश बिक, महदत्त लामिछाने, शुसिल देवकोटा, इन्द्र बहादुर खत्री, मोहन देवकोटा, कृष्ण प्रसाद देवकोटा, प्रेम बहादुर गुरुङ लगायतको उपस्थिथि थियो ।
समुहका सचिब अग्निधर देवकोटले सञ्चाल गरेको उक्त कार्यक्रममा बिशेष कारण समुहबाट बाहिरिएका सदस्य हिम बहादुर गुरुङ र गोबिन्द नेपालीलाई प्रमाण पत्र हस्तान्तरण गरिएको थियो ।
सम्बन्धित खबर
फेवातालको बीच भागमा अलपत्र परेका दुुई जनाको उद्धार
तातोपानी कुण्डमा स्नान गर्न लाग्न थाल्यो भिड
पोखराको हेम्जामा यात्रु चढाइरहेको बसलाई टिप्परले ठक्कर दियो
धवलागिरिको चुचुरो चुम्न १६७ मिटर बाँकी रहँदा अस्ताएका अनुभवी आरोही
आँबुखैरेनीका महिला सयपत्री उत्पादनमा
पोखराको होटलमा जुवा खेलिरहेका ६ जना पक्राउ
यो पनि पढौँ
टीकाको अघिल्लो दिन जब छोराको शव आयो …
दुई साताअघिकाे संकटमा सयौँलाई जोगाएका सशस्त्र प्रहरी निरीक्षक बडुवाल आफै अस्ताए
पोखराको हेम्जामा यात्रु चढाइरहेको बसलाई टिप्परले ठक्कर दियो
दशैंमा तनहुँ ससुराली आएका ज्वाईंको मादीले बगाएर मृत्यु