रक्सी खाएर ‘ख्याल ख्याल’मा चक्कु प्रहार, एकजनाको मृत्यु

रक्सी खाएर ‘ख्याल ख्याल’मा चक्कु प्रहार, एकजनाको मृत्यु

धनकुटा । लिम्बुवानतिर एउटा लोकोक्ति छ– ख्याल ख्यालमा चार इञ्ची ! अर्थात् लिम्बु समुदायमा मादक पदार्थ सेवनपछि सामान्य झगडा हुँदा हुने खुकुरी प्रहारलाई समेत सामान्यरुपमै लिने गरिन्छ र रक्सीको बोतल राखेर आपसमा मेलमिलाप गर्ने गरिन्छ ।

तर, आइतबार बिहान धनकुटामा जाँडका कारण सुरु भएको सामान्य विवादमै एक युवकको ज्यान गएको छ । ख्याल ख्यालमा भएको झगडापछि भएको चक्कु प्रहारबाट युवकको ज्यान गएको हो । धनकुटाको महालक्ष्मी–२ मारेकस्थित माझगाउँ भन्ने ठाउँमा २५ वर्षीय घनेन्द्र होहङवा लिम्बुले मादक पदार्थ सेवन गरी सामान्य विवादमा चक्कु प्रहार गरेर आइतबार बिहान एक जनाको ज्यान लिएका हुन् ।

घनेन्द्रले मातेको सुरमा प्रहार गरेको चक्कुबाट स्थानीय २२ वर्षीय सन्तोष थम्फरा लिम्बुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनालगत्तै प्रहरी चौकी मारेक कटहरे र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले घनेन्द्रलाई चक्कुसहित पक्राउ गरेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds