पोखरा । पोखराको ‘निदान आयुर्वेद क्लिनिक’ का चिकित्सकहरुले उपचारको क्रममा लापरबाही गरेको कारण बिरामीको आन्द्रामा प्वाल परेको भन्दै बिरामीका आफन्तहरु प्रदर्शनमा उत्रिएका छन् । पायल्सको समस्या देखिएपछि उपचार गर्न क्लिनकमा पुगेका पोखरा महानगरपालिका वडा नम्बर २ का १८ बर्षिय श्रीप्रसाद पुनको आन्द्रामा प्वाल परेको भन्दै आइतबार बिरामीका आफन्तहरु प्रदर्शनमा उत्रिएका हुन् ।
बिरामीका आफन्तहरुले श्रीप्रसादको उपचारको क्रममा चिकित्सकहरुले लापरवाही गरेकै कारण आन्द्रामा प्वाल परेको भन्दै दोषिलाई कारवाहीको माग गर्दै प्रदर्शन गरेको बताएका छन् । केही समय अघि उक्त क्लिनकमा उपचार गराएका श्रीप्रसादलाई थप उपचारका लागि मनिपालमा पु¥याएपछि ठुलो आन्द्रामा प्वाल परेको देखिएको छ ।
मनिपाल अस्पतालले दिएको रिपोर्ट अनुसार बिरामीको आन्द्रा फुटेर फोहोर यताउति निस्किएको आफन्तले जनाएका छन् । बिरामीको भविष्यको जिम्मेवारी लिएर सम्पूर्ण उपचार खर्च क्लिनिकले बेहोर्नु पर्ने बिरामीको आफन्तले माग गरेका छन् । आन्दोलनको ‘नेतृत्व नेपाल पुनमगर संघ, कास्कीले गरेको छ ।
क्लिनिकका डाक्टर प्रफुल्ला चन्द्र यादवले उनलाई फिस्टुलाको समस्यासमेत भएको र अप्रेसन गरेपछि झनै समस्या बढ्न थालेको थियो । अप्रेसन गरेपछि बिरामीको व्यथा झनै बढ्न थालेपछि क्लिनकबाट गत वैशाख १० गते ‘मनिपाल अस्पताल’मा रेफर गरेको उनले बताए ।
तर, आन्दोलनका नेतृत्व गरेका खेम पुनमगरले आफुहरुको मागलाई क्लिनकले पुरा नगरे झनै वृहत आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।

तस्विरः श्याम रानामगर/रातोपाटीबाट
सम्बन्धित खबर
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
राष्ट्रिय फोटो पत्रकार समूह नेपाल, कास्की शाखाको अध्यक्षमा योगेन्द्र, प्रेम सचिव
पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको नमुना मतदान
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
दरगाउँटारका १०० महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो