डोल्पा : त्रिपुरासुन्दरी नगरपालिका–१ रल्ली डोल्पाको महाकवि देवकोटा आधारभूत विद्यालयमा ६ शिक्षकको दरबन्दी छ । तर, विद्यालय भने तीन शिक्षकले चलाउँदै आएका छन् । प्रधानाध्यापक पुष्पराज महत र सोही विद्यालयमा शिक्षिका उनकी श्रीमती छोराको विवाहमा गएको लामो समय बिते पनि अहिलेसम्म विद्यालयमा फर्केका छैनन् । त्यस्तै अर्का शिक्षिका चन्द्ररुपा थापाले फागुनदेखि अहिलेसम्म विद्यालयमा पाइला टेकेका छैनन् ।
थापाले अघिल्लो वर्षसमेत आठ महिना विद्यालय नआएर तलब खाएको स्थानीयवासीले बताएका छन् । प्रधानाध्यापक र उनकी श्रीमती छोराको विवाहमा महिना दिनअघि गएको र अहिलेसम्म विद्यालय नआएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पन्न नेवारले बताए । शिक्षक विद्यालयमा नआउँदा दैनिक पढाइ प्रभावित हुँदै आएको छ ।
विद्यालयमा नियमित पढाइ नहुँदा र शिक्षकको लापरवाहीको सिकार हुँदा यहाँ पढ्ने विद्यार्थी नजिकै रहेको त्रिपुराकोट मावि मदुमा गएर पढ्न बाध्य भएको विद्यार्थी राम थापाले बताए ।
स्थानीय सरकार गठन भएसँगै स्थानीय सरकारले सबै हेर्दै आएकाले विद्यालय अनुगमनमा समस्या देखिएको शिक्षा विकास तथा समन्वय एकाइ डोल्पाका प्रमुख सिंहराज डाँगीले बताए । यो त प्रतिनिधिमूलक घटना मात्र हो, डोल्पाका अधिकांश विद्यालयमा शिक्षकले विद्यालयमा पढाउने भन्दा पनि व्यक्तिगत काममा समय खर्चिने गरेका छन् ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु