कुकुरको टोकाइबाट गोरखामा ६ घाइते

कुकुरको टोकाइबाट गोरखामा ६ घाइते

dog-bites

गोरखा । कुकुरको टोकाइबाट गोरखामा ६ जना घाइते भएका छन् । जिल्लाको गण्डकी गाउँपालिका–४, फुजेलमा घरपालुवा कुकुरको टोकाइबाट घरधनीसहित ६ जना घाइते भएका हुन् ।

मान्छेलाइ टोकेर कुकुर आफैं मरेपछि गाउँले त्रास फैलिएको छ । छाउराले टोकेको भन्दै वेवास्ता गरेर बसेका स्थानीयहरु कुकुर मरेसँगै रेविजविरुद्धको भ्याक्सिन लगाउन अस्पताल धाउन थालेका छन् ।

‘सानो छाउरो हो केही हुन्न भनेर बसे, चार दिनपछि कुकुर मर्‍यो अनि सबैले कराउन थालेपछि भ्याक्सिन लगाउन गएँ,’ घिमिरेले भनिन् ।

‘गत भदौमा कुकुरले एकैपटक १३ वटा गाइवस्तुलाई टेकेको थियो, हामीले त्यो कुकुरलाई बाधेर राख्यौं, पाँच दिनपछि कुकुर मर्‍यो अनि गाईवस्तुलाई भ्याक्सिन दिएका थियौं,’ वडा कार्यालयका पशु सेवा शाखाका प्राविधिक ऋषिराम मरहट्टाले भने । त्यसयता कुकुर आतंक नभए पनि केही दिनअघि मान्छेलाई टोकेको उनले बताए ।onlinekhabar

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds