बन्दै गरेको पुलको खाल्डोमा डुबेर ९ वर्षीय रुपेशको मृत्यु

बन्दै गरेको पुलको खाल्डोमा डुबेर ९ वर्षीय रुपेशको मृत्यु

dubeko

भद्रपुर : नेपाल भारतको सीमा पर्ने मेची नदीमा निर्माणाधिन मितेरी पुलको पिलर बनाउने खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा मेचीनगर नगरपालिका ६ बस्ने शेखराज गेलालको छोरा ९ वर्षीय छोरा रुपेश गेलालको मृत्यु भएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी    दिए ।

प्रहरीका अनुसार शुक्रबार बेलुका साढे ५ बजे मितेरी पुलको पिलर खनेको ठाउँमा जमेको पानीमा पौडी खेल्न गएका बालक गेलालको डुबेर मृत्यु भएको स्थानीयले इलाका प्रहरी कार्यालय काँकडभिट्टालाई खबर गरेका थिए। यता मृतक बालकलाई पोष्टमार्टमका लागि मेची अञ्चल अस्पताल भद्रपुर ल्याइएको प्रहरीले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

ट्रेन्डिङ