काठमाडाैं – बुद्ध कहाँ जन्मेका हुन् ?
यो प्रश्न नेपालभित्र गरियो भने धेरैको जवाफ सीधा हुन्छ– नेपालमा ! यो प्रश्न नेपालबाहिर गरियो भने पनि बुद्धबारे जान्ने–बुझ्नेहरूले सही उत्तरमा ‘नेपाल’ नै भन्नुपर्छ । अचेल कति युवा ‘बुद्ध नेपालमा जन्मेका थिए’ भन्ने गन्जी पहिरेर अभिमानसहित हिँडिरहेका भेटिन्छन् । कति लेखक–साहित्यकार नेपालको परिचय दिनुप (यो भने भन्छन्– यो बुद्धको देश हो !
यथार्थमा बुद्ध र बुद्ध जन्मभूमिबारे नेपाली समाजमा पर्याप्त अवधारणागत भ्रमहरू छन् । ती भ्रमबारे निकै कम मान्छे बोल्छन् । कति बोल्दै–बोल्दैनन् । किनभने बुद्ध नेपालमा जन्मेका थिएनन् कसैले भनोस् मात्रै, ऊ ठाडै ‘अराष्ट्रिय’, ‘देशविरोधी’ ‘राष्ट्रघाती’, ‘भारतीय दलाल’ भइजान्छ । आरोपहरू आउलान्, आलोचनमा परिएला भनेर सत्य नबोल्नु ठीक होइन । र, त्यो सत्य के हो भने बुद्ध जन्मँदै ‘नेपाली’ थिएनन् । न आजभोलि ‘परिशुद्ध नेपाली’ ठानिने दौरासुरुवाल–टोपीधारी गोर्खाली नै उनी हुन् ।
मूल विषयमा प्रवेशार्थ दुई वाक्यबाट छलफल थालौँ– एक, सिद्धार्थ गौतम अर्थात् पछिका बुद्ध नेपालमा जन्मेका होइनन् । दुई, ती बुद्ध ‘नेपाली’ पनि थिएनन् । सिद्धार्थ गौतम जन्मेका थिए लुम्बिनीमा, जुन ठाउँ आधुनिककालमा पत्तो लागेको सवा सय वर्ष मात्रै भयो । अनि नेपाल नामको देश जन्मनुभन्दा २२–२३ सय वर्षअघि नै दार्श्निक गौतम बुद्ध संसारभरिका आफ्ना बनिसकेका थिए, कुनै एक देश, एक राज्य र एक राजखलकबाट मुक्त भइसकेका थिए । याे सन्दर्भ सङ्गीतले नयाँ पत्रिकामा लेखेका छन् ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने