पोखरा । समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले नेपाली कांग्रेस र नेकपाले देश र जनताको लागि काम गर्न नसक्ने दावी गरेका छन् । संघीय समाजवादी पार्टीसँग आफू नेतृत्वको नयाँ शक्ति नेपाल पार्टी एकीकरण गरेपछि सातै प्रदेशमा अभिमुखीकरण घोषणा गरेको समाजवादी पार्टीको पहिलो पटक पोखरामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले यस्तो दावी गरेका हुन् ।
‘क्यान्सर लागेको बिरामी अन्तिम समयसम्म पनि टाठै हुन्छ । तर, कति दिन बाँच्छ भन्ने डाक्टरलाई थाहा हुन्छ,’ उनले भने, ‘कम्युनिस्ट सरकार पनि क्यान्सर लागेको बिरामी भइसकेको छ ।’ उनले नेकपाको सरकारलाई इंगित गर्दै ‘बाहिरबाट ताजा देखिने तर, भित्री भाग कुहिएको फर्सी’ भएको टिप्पणी गरे ।
कांग्रेस र कम्युनिस्टभन्दा माथि उठेर ‘रंगीचंगी पुतली’ बन्न नै संघीय समाजवादी फोरम र नयाँ शक्तिबीच एकता गरेको बताए । ‘कांग्रेस लार्भा थियो । कम्युनिस्ट झुसिलकिरा भयो । यी दुवैबाट बल्ल पुतली बन्ने हो,’ उनले भने, ‘हामी समृद्धिको जगमा समाजवादी शक्ति रंगीबिरंगी सुन्दर पुतली बनेको छ ।’

सम्बन्धित खबर
तनहुँमा ऋषिङ गाउँपालिका अध्यक्षले कुटे पूर्वसांसदका छोरा
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
राष्ट्रिय फोटो पत्रकार समूह नेपाल, कास्की शाखाको अध्यक्षमा योगेन्द्र, प्रेम सचिव
पूर्व राजा ज्ञानेन्द्रले गरे कुल मन्दिरको दर्शन
काउली बेचेर एकै सिजनमा ६ लाख आम्दानी
पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको नमुना मतदान
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो