रुकुम पश्चिम – घटना सुन्दा कुनै चलचित्रमा देखिएको कथा जस्तो लाग्छ । आफूले लिएको पैसा फिर्ता गर्नुको साटो ज्यान मार्ने योजना । त्यो पनि आँखामा खुर्सानीको धुलो छर्केर, टाउकोमा सिरानीको खोल छिराएर ढुङ्गा र दाउराले कुटेर !
शुक्रबार जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले पत्रकार सम्मेलनमार्फत त्यस घटनाका आरोपीलाई सार्वजनिक गरेको छ । प्रहरीले रुकुम पूर्वका एक दम्पतीको आँखामा खुर्सानीको धुलो हाली कुटपिट गरेर ज्यान लिन खोजेको आरोपमा ३ जना युवालाई पक्राउ गरेको हो ।
भुमे गाउँपालिका वडा नं. ६ बस्ने डम्बर बुढा र उहाँको श्रीमती सीता घर्तीको आँखाको खुर्सानीको धुलो हालेर कुटपिट गर्ने ३ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका वडा नं. १ बस्ने २० वर्षीय टेकबहादुर बुढा, १९ वर्षीय प्रकाश बुढा र २२ वर्षीय कर्णबहादुर बुढा रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
घटनामा संलग्न कृष्ण बुढा भनेर फरार रहेका छन् । जिल्ला प्रहरी कार्यालय रुकुमका प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काका अनुसार, पक्राउ परेकामध्ये टेकबहादुरले डम्बर र उहाँको श्रीमती सीताबाट रातो च्याउ उपलब्ध गराइदिने भन्दै ८५ हजार लिएको र फिर्ता माग्दा ज्यान मार्नेगरी योजना बनाएका थिए ।
टेकबहादुरले ‘बिहान पैसा दिन्छु’ भन्दै आठबिसकोट नगरपालिका वडा नं. ६ स्थित एक होटेलमा बोलाएका थिए । गएको बुधबार बिहानै बास बसेको होटेलबाट बोलाएर वडा नं. ६ मा रहेको ढाडथलको पुल नजिक पुर्याएर दुवैको आँखामा खुर्सानीको धुलो छर्केर कुटपिट समेत गरेका थिए ।
डीएसपी खड्काका अनुसार, पक्राउ परेका टेकबहादुरले प्रकाश, कर्ण र कृष्णसँग बसेर योजना बनाइ घटना गराएका थिए । आँखामा खुर्सानी छर्केर सिरानीको खोल टाउकोमा छिराई दुवै जनालाई दाउरा र ढुङ्गाले हानेका थिए ।
‘डम्बरलाई मर्यो भनेर फालेका रहेछन्’, डीएसपी खड्काले भन्नुभयो, ‘सीतालाई पनि मार्ने योजनाअनुसार पुलबाट नदीमा फाल्न खोज्दा हारगुहार गरेपछि स्थानीयले थाहा पाएको देखिन्छ ।’ पीडित डम्बर र सीताले टेकबहादुरबाट पैसा फिर्ता माग्ने र यार्सागुम्बा खोजीमा त्यतैबाट डोल्पामा जाने याेजनामा त्यहाँ पुगेका थिए ।
त्यसपछि भागेका उनीहरुलाई प्रहरीले बुधबार दिउँसो नै पक्राउ गरेको थियो । फरार रहेका कृष्ण बुढाको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ ।ujyaaloonline.com
सम्बन्धित खबर
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
अनुदानमा प्राप्त ९ रुपैयाँको नुन किन्न २५ सय खर्च
मिठ्ठो पिरो क्यान्डी ‘रिमझिम बल’ आजको दिनमा पनि किन सान्दर्भिक छ ?
रविलाई पर्सा लगिँदै
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
कथा सकिने डरले चलचित्र निर्देशक बनेका गायक प्रकाश सपूत
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी