एजेन्सी। इन्टरनेट गेम पब्जी खेल्ने पार्टनरसँग बिहे गर्नका लागि एक युवतीले आफ्ना पतिसँग सम्बन्ध विच्छेदको प्रस्ताव गरेको घटना बाहिर आएको छ । यो खेल विश्वभर बालबालिका, युवायुवतीमा लोकप्रिय छ । यस्तो घटना भारतको गुजरात राज्यस्थित अहमदावादमा सार्वजनिक भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
एक १९ बर्षिया युवतीले त्यहाँको महिला हेल्पलाइन अभयममा फोन गरी पतिसँग सम्बन्ध विच्छेद गराइदिन सहयोग मागेकी थिइन् । त्यसक्रममा कारणचाहिँ पब्जी खेल्ने साथीसँग बिहे गर्ने बताइन् । उनकी एक बर्षभन्दा कम उमेरकी एक छोरी समेत रहेको बताइएको छ ।
‘एउटा उच्च परिवारमा रहेकी महिलाले यस्तो अचम्म लाग्दो प्रस्ताव गरिन् । हामी छक्क परेका छौं’, महिला सेलका अधिकारीहरूले बताएका छन् । त्यहाँकी काउन्सलरले भनिन्,‘युवतीले बिहे गरेकी छन् । उनको बिहे एउटा विल्डिङ कन्ट्रयाक्टरसँग १८ बर्षको उमेरमा भएको थियो । उनले आफ्नो प्रस्तावपत्रमा केही महिना पहिला पब्जी खेल्न सुरु गरेकी र सहरका एक एक्टिभ युवासँग परिचय भएको खुलाएकी छन् ।’
काउन्सिलर सोनल सगाथियाले जब युवतीसँग सोधिन कुनै कुरामा विवाद भएको थियो ? युवतीले नभएको उत्तर दिँदै भनिन्,‘मेरो इच्छाचाहिँ त्यो व्यक्तिसँग बस्ने छ जोसँग म सँधै कुरा गर्छु । पब्जी पार्टनरसँग कुरा गरेका कारण ति युवतीको पतिसँग झगडा पनि भएको थियो ।
त्यसपछि उनले घर छाडी माइत गइन् । सम्बन्ध विच्छेदको यो प्रस्ताव उनका पतिले अस्वीकार गरेका छन् । ति महिलालाई उक्त प्रस्तावमा विचार गर्न भनिएको छ । पब्जीको लतबाट बाहिर निकाल्नका लागि मनोचिकित्सककोमा जान सुझाव पनि दिइएको छ ।
सम्बन्धित खबर
कुलमानलाई स्पष्टीकरण सोध्ने मन्त्रिपरिषदकाे निर्णय
सरकारले ल्याएका पाँच अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
यो पनि पढौँ
पोखरा पृथ्वीचोकमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार शिवराजको मृत्यु
३५ मिनेट वान टु वान भेटपछि मोदीले नेपाली भाषामा र ओलीले हिन्दी भाषामा के लेखे ?
कास्कीमा हिमपहिरोमा हराइरहेका चिनियाँ नागरिकको शव फेला
रूपा तालबेसीमा रूखको ठुटोबाट निरन्तर पानी आउन थालेपछि स्थानीय चकित