तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको आज २६ वर्ष भएको छ । २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको जीप दुर्घटनामा भण्डारी र आश्रितको निधन भएको थियो ।
रहस्यमय मानिने यो दुर्घटनाबारे अहिलेसम्म भएको छानबिनले कुनै तथ्य निकाल्न सकेका छैनन् । दुर्घटनाका एकमात्र साक्षी तथा भण्डारी र आश्रित चढेको जिपका चालक अमर लामाको समेत हत्या भएपछि यो घटना झनै रहस्यमय बन्न पुगेको छ ।
नेताको हत्या भएको २६ वर्ष पुग्दा समेत प्रभावकारी छानविन नभएकोमा विभिन्न क्षेत्रबाट असन्तुष्टी जनाउने गरिएको छ । एमाले नेतृत्वको सरकार बन्दा समेत आफ्ना नेताहरुको निधनबारे छानबिन नगरेको भनेर गुनासो हुने गरेको छ ।
भण्डारी र आश्रितको निधनको बारेमा तत्कालीन सरकारले प्रचण्डराज अनिलको नेतृत्वमा छानबिन आयोग गठन गरेको थियो । त्यस्तै एमालेले आफ्ना नेता केपी शर्मा ओलीको नेतृत्वमा छानबिन आयोग गठन गरेको थियो भने पछि पद्यमरत्न तुलाधरको अध्यक्षतामा समेत छानबिन आयोग गठन गरिएको थियो ।
तर सबै छानबिन आयोग र समितिले कुनै ठोस निष्कर्ष निकाल्न सकेनन् । कम्युनिष्टहरु नागरिकबाट चुनिएर मात्र सत्तामा पुग्नुपर्छ भन्ने मान्यता राख्ने भण्डारीले नागरिकको बहुदलीय जनवादको विकास गरेको थियो ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम