नुवाकोट– नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्माणाधीन ‘त्रिशुली थ्री बी’ जलविद्युत आयोजनाको काममा अवरोध गर्न खोज्ने स्थानीयलाई कार्यस्थलमै नराम्ररी झपारेका छन् ।
उनले महत्वपूर्ण काममा अवरोध सिर्जना गर्न नहुने भन्दै स्थानीयमाथि खनिएका हुन् । उनले भने, ‘तपाईको जग्गामा काम भएको छ ? यस्तो महत्वपूर्ण काम रोक्ने ? अब एक दिन कसैले रोक्यो भने तपाईलाई समातेर थुनिदिन्छु ।’
कार्यस्थलमा एक महिला र अर्का एक पुरुषले जनताको माग पूरा गर्न हामीले अवरोध गरेको आशय पोखिरहँदा प्राधिकरण प्रमुख घिसिङले भने, ‘जनताको होइन तपाइको माग भन्नुस् न ? जनताको माग के हो ? हामी पूरा गर्छौं ।’
विहीबार प्राधिकरण प्रमुख घिसिङ त्रिशूली थि ‘ए’ आयोजनाको उत्पादन सुरुआत गर्न नुवाकोट र रसुवाको सीमा क्षेत्रमा जाने क्रममा निर्माणाधीन त्रिशूली ‘बी’ हब स्टेशनको निर्माणकार्यमा स्थानीयले नियतबस रोकेको थाहा पाएपछि उनी सो स्थानमा पुगेका थिए ।
२ दिनदेखि रसुवाको उत्तरगया गाउँपालिका वडा नम्बर ४ का स्थानीयबासीले अवरोध खडा गरेपछि काम प्रभावित बन्दै गएको थियो । त्रिशूली नदी किनारमा सब स्टेशनको सुरक्षाका लागि पर्खाल लगाउने काम भइरहेको छ । स्थानीयको जग्गा र घरको सुरक्षाकै लागि पर्खाल लगाउने काम भएको प्राधिकरण प्रमुख घिसिङले बताउँदै आफू स्थानीयको मागमा गम्भीर रहेको बताएका छन् ।khabarhub.com
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने