भक्तपुर – ‘नेपालको सबैभन्दा ठूलो नोट कस्तो हुन्छ हेर्छौँ’ भन्दै नेपाली पैसा चोरी गरी लैजाने गरेको अभियोगमा प्रहरीले दुई पाकिस्तानी नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले पाकिस्तानी नागरिक ३२ वर्षीय मोहसिन खान र अर्का पाकिन्तानी नागरिक ३१ वर्षीय पूजा मोहसिन लाई प्रहरीले पक्राउ गरेको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक मिलन केसीले जानकारी दिए ।
निज दुई पाकिस्तानी नागरिकले गएको वैशाख २९ गते बा। १९ च। ७४ नम्बरको कारमा आई सूर्यविनायक नगरपालिका ५ स्थित रामकृष्ण श्रेष्ठले सञ्चालन गरेको आर.के इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिक्स सेन्टरमा आफूहरुसँग अमेरिकी डलर रहेको र नेपालको सबभन्दा ठूलो नोट कस्तो छ हेरौँ भनी हेर्ने क्रममा नोटको बिटोबाट ३० हजार रुपैयाँ चोरी गरेको प्रहरीको भनाइ छ ।
त्यसैगरी त्यसै नागरिकले मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीमा सन्तकृष्ण हेक्काले सञ्चालन गरेको हेक्का किचेन स्टोरमा गई नेपाली ठैलो नोट हेर्ने बाहनामा ७० हजार रुपैयाँ चोरी लगेको उजुरीको आधारमा प्रहरीले उनीहरुलाई काठमाण्डौबाट पक्राउ गरेको जानकारी दिएको छ ।
प्रहरीमा परेको उजुरीको आधारमा गाडी नम्बरबाट खोजी गरेको र उनीहरुलाई काठमाण्डौको सिनामंगलस्थित रुद्र भ्यू होटलबाट पक्राउ गरेको प्रहरी नायब उपरीक्षक केसीले जानकारी दिए ।
प्रहरीले उनीहरुको साथबाट २९ सय ५० अमेरिकी डलर, पाकिस्तानी मुद्रा ६३०, नेपाली एक लाख ३७ हजार ५०० रुपैयाँ बरामद गरेको उहाँले जानकारी दिए ।
पक्राउ परेका पाकिस्तानी नागरिकलाई महानगरीय प्रहरी वृत्त थिमिको हिरासतमा राखी अनुसन्धान गरी मुद्दा दायर गरिएको उहाँले जानकारी दिए ।ujyaaloonline.com
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने