गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
एजेन्सी : भनिन्छ, बालबालिका अद्भूत कलाका धनी हुन्छन्।सही वातावरण र अवसर पायो भने बालबालिकाले पत्याउन नसक्ने कला देखाउन पछि पर्दैनन्। हो, यस्तै अचम्मको कला देखाएर भाइरल भएकी छिन् अमेरिकाको फ्लोरिडाकी एक वर्षीया बालिका।
उनी भर्खर एक वर्षकी भइन्।तर, पौडीमा दख्खल छिन्।सुन्दा पत्यार नलागे पनि उनले पौडी खेलेको भिडियोले पत्याउन बाध्य पार्छ। कसैको सहाराबिना नै बालिका मज्जाले पौडी खेल्दै गरेको देखिन्छ।यो भिडियोले अहिले संसारभर चर्चा पाइरहेको छ।
बालिका पानीभित्र सजिलैसँग दायाँ,बायाँ,उल्टो, सुल्टो फर्किदै पौडिन सक्छिन्।बालिकाले पौडिदा ब्याक स्ट्रोक, फ्रन्ट क्रल र तीनैवटै विधि प्रयोग गरेको देखिन्छ। फ्लोरिडाकी ग्रेस फनेली आफ्नी छोरीलाई सानै उमेरदेखि पौडी खेलाउन चाहन्थिन्।त्यसैले उनले छोरीको आत्मविश्वास बढाउन जन्मेको छ महिनादेखि पौडी सिकाउन सुरु गरिन्। फनेलीका अनुसार नानीले ९ महिनाको उमेरमै पौडी खेल्न सिकेकी हुन्।
फनेलीको अर्की ३ वर्षीया छोरी पनि छिन्।उनी पनि पौडी खेल्नमा सिपालु छन्।उनले जन्मेको ९ महिनामा पौडी खेल्न सिकेकी हुन्। बालिकाकी आमाले आफै गुरु बनेर दुवै छोरीलाई पौडी खेलाउन सिकाएकी हुन्।
फनेलीका अनुसार जन्मेको छ महिनादेखि नै बालबालिकाले पौडी खेल्न सिक्न सक्छन्।तर त्यसमा आमाबुवाको अमह भूमिका रहनुपर्छ। उनी सबै अभिभावकलाई आ-आफ्ना नानीहरुलाई पौडी खेलाउन सल्लाह दिन्छिन्।उनी भन्छिन्, ‘पौडी सिक्नु सबै नानीहरुलाई आवश्यक छ।त्यसका लागि अभिभावकले सजिलो र रमाइलो वातावरण बनाइदिनुपर्छ।’
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
कुलमानलाई स्पष्टीकरण सोध्ने मन्त्रिपरिषदकाे निर्णय
सरकारले ल्याएका पाँच अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
यो पनि पढौँ
पोखरामा पेट्रोल पम्प जोडिएको घरमा लागेको आगो समयमै निभाउँदा ठूलो क्षति टर्यो
पोखरा पृथ्वीचोकमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार शिवराजको मृत्यु
गण्डकी र लुम्बिनी जोड्ने पक्की पुल निर्माण
सङ्खुवासभामा लेक लागेर तनहुँका डाक्टर सिग्देलको मृत्यु